NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०७९ असार १९ गते

राष्ट्रिय सुरक्षा व्यवस्थाको परिचय दिनुहोस् । राष्ट्रिय सुरक्षा व्यवस्थापनमा देखिएका समसामयिक चुनौतीहरु उल्लेख गर्दै …

राष्ट्रिय सुरक्षा व्यवस्थाको परिचय दिनुहोस् । राष्ट्रिय सुरक्षा व्यवस्थापनमा देखिएका समसामयिक चुनौतीहरु उल्लेख गर्दै नेपालले अवलम्बन गर्नुपर्ने भावी रणनीतिबारे चर्चा गर्नुहोस् । राष्ट्रिय सुरक्षा व्यवस्था हार्वड विश्विद्यालयका अनुसार नागरिक र समुदायलाई विश्वसनीय तवरले आत्मनिर्णय, स्वायत्तता, समृद्धि र सुखको उपभोग गर्न सक्षम तुल्याउने गरी आन्तरिक र वाह्य परिस्थितिहरूलाई नियन्त्रणमा राखिराख्ने राजकीय वा शासकीय क्षमतालाई राष्ट्रिय सुरक्षा व्यवस्था भनी परिभाषित गरिएको पाइन्छ । नेपालको वर्तमान संविधान र कानूनले मुलुकको स्वतन्त्रता, सार्वभौमसत्ता, भौगोलिक अखण्डता, राष्ट्रियता र स्वाधिनताको संरक्षण गर्दै राष्ट्रिय एकतालाई अक्षुण राख्नु तथा व्यक्तिको जिउ धन र स्वतन्त्रताको संरक्षण प्रत्याभूत गर्नुलाई राष्ट्रिय सुरक्षा भनी उल्लेख गरिएको पाइन्छ । राष्ट्रिय सुरक्षाको एक बहुआयामिक विषय वस्तु हो । मुलुकको प्रतिरक्षा मामिला,आन्तरिक सुरक्षा, परराष्ट्र मामिला, सामाजिक आर्थिक नीति र विकासको पक्षहरु वृहद अर्थमा राष्ट्रिय सुरक्षाका अन्तरवस्तुहरु हुन । नेपालको राष्ट्रिय सुरक्षा संयन्त्र निम्न बमोजिम रहेका छन् । राष्ट्रिय सुरक्षा व्यवस्थामा देखिएका चुनौतीहरु सुरक्षा मामिला बहुआयामिक हुनुको साथै यो गतिशिल विषय पनि हो । राष्ट्रिय र अन्तराष्ट्रिय जगतमा हुने आर्थिक, सामाजिक सामरिक एवं वातावरणीय परिवर्तन सँगै सुरक्षा चासो र चुनौतीहरु परिवर्तनशील हुने गर्दछ । मुख्यतय सुरक्षा चुनौति आन्तरिक र वाह्य  स्रोतहरुबाट सिर्जित हुने गरेको पाइन्छ जस अनुसार राष्ट्रिय सुरक्षामा देहाय बमोजिमका चुनौतीहरु  रहेका छन् । जनअपेक्षा बमोजिमको अर्थ राजनीति मोडल कार्यान्वयन गरी जनसन्तुष्टि हासिल गर्नुराज्यको शासकीय स्वरुपमा भएको परिवर्तनलाई प्रभावकारी, मितव्ययी र दिगो व्यवस्थापन संस्थागत गर्नुबाध्यकारी राज्यशक्तिको अभ्यास र मानवअधिकार संरक्षणवीच तादाम्यता ल्याउनुसमाजिक सांस्कृतिक विविधता र धर्म निरपेक्षता एवं वहुलवाद वीच सन्तुलनजलवायू परिवर्तन र विपद्का जोखिमहरुको सामानाअन्तराष्ट्रिय सम्बन्ध र सन्तुलन कायमसंगठित अपराध लगायत विभिन्न किसिमका अपराध नियन्त्रणखुला अन्तराष्ट्रिय सिमाना वा सिमा व्यवस्थापनआन्तरिक तथा वाह्य वसाइसराईं र शरणार्थी मामिला व्यवस्थापनहातहतियारको उत्पादन तथा ओसार पसार नियन्त्रणप्राकृतिक स्रोतसाधनको दोहनको व्यवस्थापनसामाजिक द्वन्द्व व्यवस्थापनसूचना प्रविधि र साइबर अपराध नियन्त्रणअव्यवस्थित शहरीकरण र  कमजोर तथा अप्रयाप्त  पूर्वाधार र सेवा प्रवाहआर्थिक तथा व्यवसायजन्य अपराध नियन्त्रणसंविधान, कानून विरोधि गतिविधि नियन्त्रण भावी सुरक्षा रणनीति माथि उल्लेखित चुनौतिहरुको सकारात्मक र प्रभावकारी व्यवस्थापन हुन सक्दा मात्र राष्ट्रिय सुरक्षा व्यवस्था संविधानले परिकल्पना गरे जस्तो अक्षुण्ण रहन सक्दछ । तसर्थ यी चुनौतीहरुलाई अवसरमा रुपान्तरण गर्न देहायका रणनीतिहरु अख्तियार गर्नु आवश्यक देखिन्छ । राष्ट्रिय सुरक्षा नीति र तदनुरुपको अन्य नीति तर्जुमा गरी विकासका आयामहरुमा सुरक्षा चासोको मूल प्रवाहीकरण गर्नेराज्यका सम्बद्ध निकायवीच पारदर्शी र व्यवसायिक समन्वय कायम राख्ने शासकीय इकाइहरुमा सुशासन अभिवृद्धि गर्नेतीन तहको सरकारवीच सहाकार्य र समन्वय स्थापित गर्नेरोजगारी, पूर्वाधार विकास लगायतका क्षेत्रमा सुधार गरी जनताको जीवनस्तर सुदृढ गर्नेआर्थिक विकासका नीति र कार्यक्रमहरु परिणाममुखी बनाउनेलोकतान्त्रिक मूल्य मान्यताहरुलाई विधि र व्यवहारमा संस्थागत गर्नेराष्ट्रिय सुरक्षा निकायहरुको संस्थागत क्षमता अभिबृद्धि गर्नेसुरक्षा गुप्तचर प्रणालीलाई आधुनिक र विश्वसनीय तुल्याउनेनागरिक शिक्षा, सचेतना र नागरिक कर्तव्य एवं राष्ट्रभक्ति प्रवर्द्धन गर्ने जनचेतनामूलक शिक्षा प्रदान गर्नेअन्तराष्ट्रिय साझेदारी र समन्वयमा संगठित अपराध नियन्त्रण अभिवृद्धि गर्नेसार्वजनिक सेवा प्रवाह जनमुखी र प्रभावकारी तुल्याउने सुचना प्रविधिको प्रयोग गरी अपराध नियन्त्रण गर्नेसामाजिक व्यवहार सुधारका अभियान सञ्चालन गर्नेभ्रष्टाचार र दण्डहिनता नियन्त्रण गर्ने अन्त्यमा, प्रभावकारी सुरक्षा व्यवस्थाको लागि सुरक्षा चासो र आर्थिक सामाजिक विकासको नेक्ससलाई राम्ररी बुझ्नु जरुरी हुन्छ । प्रभावकारी सुरक्षा र मुलुकको विकासवीच अन्योन्याश्रित सम्बन्ध हुने र यो चल्ला र अण्डाको खेल जस्तै जटिल पनि हुने गर्दछ । एक आदर्श राष्ट्रिय सुरक्षा व्यवस्थापनको लागि सुशासनको सुदृढीकरण, जनताको जीवनस्तरमा सुधार आर्थिक विकास सुरक्षा संयन्त्रको क्षमता अभिबृद्धि, सुरक्षा गुप्तचर प्रणालीको सबलीकरणर राष्ट्रभक्ति र जनसेवा सम्बन्धि सचेतना र शिक्षाको प्रवर्द्धन गर्नु अत्यन्त जरुरी हुन्छ । साथै सवै तहबाट यी रणनीतिको कार्यान्वयनको  लागि इमान्दार प्रयास गर्नु पनि उत्तिकै महत्वपूर्ण रहेको छ ।