NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १५ गते

अध्ययन भन्छ, ‘दोश्रो पटकको कोरोना संक्रमण झनै घातक’

एक पटक कोरोनाको संक्रमण निको भईसकेको विरामीहरुमा दोश्रो पटक संक्रमण झनै घातक सावित हुने चिकित्सकहरुले बताएका छन् । अमेरिका निवासी २५ वर्षे युवकमा दोश्रो पटकको संक्रमणका कारण थप जटिलता सिर्जना भएपछि चिकित्सकहरुले दोश्रो पटकको संक्रमण झनै जटिल हुने बताएका हुन् । कोरोना संक्रमणका कारण ती युवाको फोक्सोले शरीरमा पर्याप्त मात्रामा अक्सिजन प्रवाह गर्न नसकेपछि उनलाई अस्पताल लगिएको थियो । गत १८ अप्रिलमा उनलाई पहिलो पटक कोरो संक्रमण पुष्टि भएको थियो । अमेरिकास्थित निवेदा विश्वविद्यालयका अनुसन्धानकर्ताहरुले जनाए अनुसार कोरोनाको जाखिम बढाउने खालको उनमा कुनै स्वास्थ्य समस्या थिएन । न त उनको प्रतिरोधी क्षमता नै कम थियो । झण्डै ३७ मिलियन कोरोना संक्रमित रहेको विश्वमा कोरोना संक्रमण विरलै दोहरिने गर्छ । के भएको थियो ?द ल्यानसेट नामक जर्नलमा प्रकाशित ‘संक्रामक रोग’ बारे गरिएको अध्ययनले जनाए अनुसार ती युवा निवेदा सहरका स्थाई वासिन्दा हुन् । गत अप्रिल २०२० मा कोरोना संक्रमण देखिएपछि गत ९ मे र १६ मे मा उनको पुन परीक्षण गरिएको थियो । र, दुवै पटक रिर्पोट नेगेटिभ आएको थियो । २८ मे मा हाईपोक्सिया तथा सास लिनमा कठिनाई उत्पन्न भएपछि उनलाई ५ जुनमा अस्पताल भर्ना गरियो । जहाँ उनको कोरोना जाँच गरियो । जाँचका क्रममा उनलाई दोश्रो पटक संक्रमण पुष्टि भयो ।अध्ययनले जनाए अनुसार दोश्रो पटकको संक्रमणका कारण उनमा गम्भीर समस्या उत्पन्न भएको थियो । उनी अक्सिजनको सर्पोटमा थिए र उनमा निमोनियाको संक्रमण देखिएको थियो । ४८ दिनको अवधीमा उनलाई दोश्रो पटक कोरोनाको संक्रमण देखिएको थियो । किन र कसरी भयो संक्रमण ?शोधकर्ताहरुका अनुसार ती युवामा कोरोना भाइरस बल्झिएको नभई पहिलो पहिलो पटक पूर्ण रुपमा निको भए पछि मात्र दोश्रोपटक देखिएको थियो ।पहिलो र दोश्रो पटक लिइएको भाइरसको जेनेटिक कोडमा निकै भिन्नाता रहेको उनीहरुको भनाई छ ।‘यसबाट आएको निष्कर्षले के संकेत गरेको छ भने पहिले भएको संक्रमणले भविष्यमा हुन सक्ने संक्रमणको संरक्षण गर्दैन’, निवेदा विश्वविद्यालयका शोधकर्ता डा. मार्क पान्डोरीले भने । ‘बरु कोरोना संक्रमित भएका व्यक्तिमा रोग प्रतिरोधात्मक क्षमता कतिसम्म बढ्छ र उनीहरुमा दोश्रो संक्रमण किन गम्भीर हुन्छ भन्ने विषयमा थप अध्ययन गर्न आवश्यक छ’, निवेदा विश्वविद्यालयका अनुसन्धानकर्ता मेरी पन्डोरीले भने । निको भएका कोरोना संक्रमितले भविष्यमा हुनसक्ने कोरोना रोगको जोखिम कम गर्न मुखमा मास्क लगाउने, बेला बेलामा साबुन पानीले हात धुने, सामाजिक दुरी कायम गर्ने लगायत सरकारले दिएको निर्देशनलाई कडाईका साथ पालना गर्नु पर्नेमा उनले जोड दिए । कोरोना भाइरसले दीर्घकालीन रुपमा मानिसको रोग प्रतिरोधात्मक क्षमतामा कसरी असर गर्छ भन्ने विषय अझै पनि अनुसन्धानकै क्रममा छ । रिर्पोटले जनाए अनुसार हङ्गकङ्ग, बेल्जियम, निदरल्याण्ड, इक्वेडर लगायतका देशहरुमा पहिलो पटकको तुलनामा दोश्रो पटकको संक्रमण मध्यम खालको देखिएको छ । इक्वेडरमा भएको एउटा घटनामा भने अमेरिकामा देखिएको दोश्रो पटकको संक्रमण जटिल भएको प्रतिबिम्बित गरेका थिए । यद्यपी, कोरोना भाइरसको माहामारी कति घातक छ कुराको जवाफ विश्वमा दोश्रो लहरको संक्रमण सुरु भएसँगै हामीले अवश्य पाइनेछ । दोश्रो लहरको संक्रमण पहिलेको तुलनामा मध्यम खालको हुन्छ भन्ने हामीमध्य धेरैले अनुमान गरेका थियौ । तथापी, दोश्रो पटकको संक्रमण किन जटिल बन्यो भन्ने विषय अझै अस्पष्ट छ । पहिलो पटकको संक्रमण कम आक्रामक भएका कारण पनि दोश्रो पटकको संक्रमण थप गम्भीर भएको हुनसक्छ । डेगु लगायतका संक्रमणमा अन्य संक्रमणका कारण पनि स्वास्थय गम्भीर भएका उदाहरणहरु प्रशस्तै छन् । ‘दुई भिन्नाभिन्नै संक्रमणका कारण देखिएको सानो अन्तरका कारण पनि यो अध्ययन निकै महत्वपूर्ण छ’, इगल एग्लिया विश्वविद्यालयका प्रोफेसर डा. पउल हन्टरले भने । यदी यस्ता संक्रमण सामान्य थिए भने हामीलाई अन्य ठाउँहरुबाट यसबारे जानकारी आउनु पर्ने उनले बताए । भने,‘ कुुनै पनि इम्युनाइजेसन कार्यक्रमका लागि यस अध्ययनबाट आएको निष्कर्ष आधारमा कुनै पनि निष्कर्षमा पुग्नु हतारो हुनेछ । यद्यपी, यसले के पुष्टि गर्छ भने यस संक्रमणले प्रतिरोधी क्षमतामा पार्ने प्रभावबारे हामीलाई अझै पनि पर्याप्त जानकारी छैन’, डा. हन्टरले भने ।(एजेन्सीको सहयोगमा )