NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २६ गते

वन रक्षक प्रेमचन्द्र विश्वकर्मा १२ हजार घुस सहित पक्राउ

सव-डिभिजन वन कार्यालय मुर्गीया रुपन्देहीका वन रक्षक प्रेमचन्द्र विश्वकर्मा १२ हजार घुस सहित पक्राउ परेका छन् । चिरान काठ ओसारपसार गर्न सहयोग गरेवापत सेवाग्राहीसँग घुस माग गरिरहेका बेला उनलाइ अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बुटवल टोलीले १२ हजार घुस सहित पक्राउ गरेको हो । रंगेहात नियन्त्रणमा परेका उनीमाथि थप अनुसन्धान भइरहेको अख्तियार दुरूपयेग अनुसन्धान विभागले जनाएको छ ।