NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १४ गते

दशैंमा सिडिओ र प्रहरीले बिदा नपाउने

काठमाडौं । दशैंमा सिडिओ र प्रहरीले बिदा नपाउने भएका छन् । गृह मन्त्रालयले दशैंको अवधिमा जिल्ला नछाड्न ७७ जिल्लाकै प्रमुख जिल्ला अधिकारी(सिडिओ) र जिल्ला प्रहरी प्रमुखलाई निर्देशन दिएको छ । बढ्दै गएको कोरोना संक्रमणका कारण सिडिओहरुले कार्यालयमै दशैं मनाउनुपर्ने भएको छ । जिल्ला प्रहरी प्रमुखहरुले त यसअघि पनि बिरलै दशैंमा बिदा पाउँथे । यो वर्ष कार्यालय प्रमुख बाहेकका प्रहरीको समेत दशैं बिदा रोकिएको छ । दशैंको बेला शान्ति सुरक्षामा थप चुनौती बढ्न सक्ने भएकाले पनि बिदा रोकिएको गृह मन्त्रालयले जनाएको छ । निर्देशन पालनाका लागि २४ अ‍ैं घन्टा समन्वय र अनुगमन गरिने गृह मन्त्रालयका प्रवक्ता चक्रबहादुर बुढाले बताए । दशैंको समयमा हुनसक्ने चोरी, लुटपाट तथा कालोबजारीविरुद्ध बिशेष सक्रियता बढाउन पनि निर्देशन दिइएको उनको भनाई छ ।

ताजा अपडेट

नेपालवाच विशेष