NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०७९ भदौ २ गते

शासनको अवधारणा र आधारभूत विषेशताबारे लाेकसेवा परिक्षामा कसरी लेख्ने ? यस्ताे छ, प्रकाश दाहालकाे सुझाव

१. शासनको अवधारणा स्पष्ट गर्दै यसका आधारभूत विषेशताहरु उल्लेख गर्नुहोस् । (६+४)= १० शासनको अवधारणाः शासन एक सर्वव्यापी र अन्तरक्षेत्रगत विषय हो । राज्यको सन्दर्भमा भन्नु पर्दा यो विकास, सेवा प्रवाह र व्यवस्थाका लागि नियम बनाउने र परिपालना गर्ने गराउने प्रकृया हो । अर्थात यो विकासका लागि आर्थिक तथा सामाजिक स्रोतको व्यवस्थापन गर्न शक्तिको प्रयोग गर्ने कार्य हो । यस्तो शक्तिको प्रयोग लोकतान्त्रिक प्रकृयाबाट स्थापित सरकारले निर्धारित विधिको पालना गरेर गर्नु पर्दछ । शासनमा सरकारले एक्लै नभई निजी तथा गैरसारकारी क्षेत्रसंगको सहकार्य र साझेदारीमा कार्य गर्दछ । शासनका राष्ट्रिय, उपराज्यीय र स्थानीय गरी तीनवटा तहहरु हुन्छन् । संघीय सरकारको क्षेत्राधिकार राष्ट्रिय शासन हो भर्ने उपराज्यीय तहमा प्रादेशिक÷क्षेत्रीय शासन र स्थानीय शासन पर्दछन् । पराराज्यीय तहमा विभिन्न क्षेत्रीय संगठन तथा सन्धि सम्झौताबाट सिर्जित क्षेत्रीय शासन र विश्वव्यापी सदस्यता र कार्यक्षेत्र भएको अन्तर्राष्टिय संगठन तथा सन्धि सम्झौताबाट सिर्जित विश्व शासन गरी दुई तहहरु हुन्छन् । शासनका यस्ता क्षेत्र र तहहरु कार्यगत रुपमा स्वतन्त्र हुँदाहुँदै पनि आआप्mनो सफलता एवं असफलतामा अन्तरसम्बन्धित हुन्छन् । यिनीहरुका बीचको सहकारिता, सहअस्तित्व र साझेदारीमा मात्र शासनले सार्थकता पाउँछ । शासनको मापन यसका संस्था तथा कार्यविधिका आधारमा मात्र नभई परिणामका आधारमा गरिन्छ । जनसहभागिता तथा उत्तरदायित्व, राजनीतिक स्थायीत्व एवं हिंसारहित समाज, प्रभावारी सेवा प्रवाह र नियमन, विधिको शासन र भ्रष्टाचार नियन्त्रण जस्ता सूचकमा सकारात्मक उपलब्धीले शासनको राम्रो अवस्थालाई जनाउँछन् । यस्तो अवस्थाका लागि सरकारको सक्षमता सबैभन्दा महत्वपूर्ण हुन्छ । सामाजमा मानिस व्यवस्थित रुपमा बसोवास गर्न सुरु गरेसँगै विकास भएको शासनको अवधारणा समयको परिवर्तनसँगै परिवर्तित हुँदै आएको पाइन्छ । परम्परागत सोंचमा सरकारलाई नै शासनका रुपमा बुझ्ने गरिएकोमा आर्थिक उदारीकरणको सुरुवात, अन्तर्राष्ट्रिय तथा क्षेत्रीय संगठनहरुको स्थापना, अन्तर्राष्ट्रिय सम्बन्धको विस्तार, निजी तथा गैर सरकारी क्षेत्रको उदय, विकेन्द्रित शासन पद्धतिको अभ्यास जस्ता कुराहरुले शासनको क्षेत्रलाई सरकारभन्दा बाहिरसम्म र राष्ट्रिय सीमाभन्दा परसम्म विस्तारित गरिदिए । फलस्वरुप पछिल्लो समयमा शासन एक वहु–पात्र, वहु–तह र वहु–क्षेत्रबीचको पारस्परिक सहयोग र सहकार्यमा आधारित एक बृहत र जटिल प्रणालीका रुपमा विकास हुन पुग्यो । शासनका विशेषताः विगतको सरकार नै शासन हो भन्ने मान्यतामा आर्थिक उदारीकरण, निजीकरण र सरकारको भूमिकाको पुनर्परिभाषासंगै परिवर्तन आएपछि शासनलाई सरकारभन्दा बृहत र अलग विषयका रुपमा हेर्न थालिएको हो । यसै पृष्ठभूमिमा आधारित भएर शासनका मुलभूत विशेषताहरुलाई निम्नानुसार उल्लेख गर्न सकिन्छः १. लोकतान्त्रिक सरकार र विधिको शासन२. संविधानवाद र सीमित सरकारको मान्यता३. बहु पात्र संलग्नता र पात्रहरुबीचको अन्तरनिर्भरता४. बहु तह तथा बहु क्षेत्र५. सहजकर्ता र नियामकको रुपमा सरकारको भूमिका६. शक्तिको विभाजन र नियन्त्रण तथा सन्तुलन७. शक्ति र स्रोतको विकेन्द्रीकरण तथा निक्षेपण८. समावेशी एवं सहभागितामूलक कार्यशैली९. वार्ता तथा सम्झौतामा आधारित निर्णय प्रक्रिया१०. विकास एवं सेवा प्रवाहमा नेटवर्कहरुको उपयोग११. साझेदारी र सहउत्पादनको कार्यढाँचा१२. लचकता एवं ग्रहणशीलता१३. पारदर्शिता र उत्तरदायित्व१४. नैतिकता र सदाचारिता सारमाः मुलुकको व्यवस्था र विकासका लागि नियमहरुको तर्जुमा र कार्यान्वयन गर्न सरकारले विभिन्न तह र क्षेत्रका पात्रहरुसंगको सहकार्य र साझेदारीमा गर्ने क्रियाकलाप र सोका लागि प्रयोग गर्ने संरचना एवं नियमहरुको समष्टि शासन हो । विधिमा आधारित लोकतान्त्रिक सत्ता, लचक तथा ग्रहणशील संस्था संरचना र पारदर्शी, उत्तरदायी एवं नैतीक व्यवहार शासनका प्रमुख चरित्रहरु हुन् ।