वागमती प्रदेश प्रमुखलाई कोरोना सङ्क्रमण

झापा । वागमती प्रदेश प्रमुख विष्णु प्रसाईलाई कोभिड–१९ को सङ्क्रमण पुष्टि भएको छ । प्रमुख प्रसाईंले मङ्गलवार पिसिआर रिपोर्ट पोजेटिभ आएको जानकारी दिए । उनी प्रदेश प्रमुखको कार्यालय हेटौडाबाट दशँैमा झापाको मेचीनगरस्थित घर आएका थिए । विगत पाँच दिनदेखि शरीर दुख्ने, पसिना आउने जस्ता सामान्य लक्षण देखिएको र स्वास्थ्य अवस्था सामान्य रहेको उनले बताए । हाल घरमै आइसोलेसनमा रहेका उनका छोरा राजेशलाई पनि कोभिड १९ को सङ्क्रमण पुष्टि भएको छ ।
ताजा अपडेट
-
उपमेयरमा निर्वाचित सुनिता भन्छिन् : शासक होइन सेवक भएर कर्तव्य पूरा गर्छु
-
इन्धनमा लगाइँदै आएको कर घट्यो, शीर्षकबारे निर्णय हुन बाँकी
-
संसदमा एमालेको फेरि लफडा
-
नबिल बैंक ‘आइजे ग्लोबल म्यागेजिन’ को शीर्ष २० बैंकमा सूचीकृत
-
काठमाडौं महानगरको मेयर पदमा पराजित भएपछि के भने स्थापितले ?
प्रतिक्रिया