NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २६ गते

कोरोनाबाट १६ जनाको मृत्यु

नेपालवाच । नेपालमा थप तीन हजार पाँच सय १७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा १४ हजार नौ सय ८९ जनाले पिसिआर परीक्षण गराएकोमा तीन हजार पाँच सय १७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । यससँगै नेपालमा सक्रिय संक्रमितको संख्या ३८ हजार ३५७ पुगेकों छ । नेपालमा कोरोना संक्रमित हुनेमा ६८ प्रतिशत पुरुष र ३२ प्रतिशत महिला रहेका छन् । कोरोना संक्रमणकै कारण पछिल्लो २४ घण्टामा देशभर थप १६ जनाले ज्यान गुमाएका छन् । नेपालमा कोभिड–१९ सुरु भएयता कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या ९ सय २० पुगेको छ । गत २४ घण्टामा काठमाडौं उपत्यकामा थप १ हजार ८ सय ८८ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । काठमाडौं उपत्यकामा कोरोना संक्रमण पुष्टि हुनेमा एक हजार एक सय ७ पुरुष तथा सात सय ८१ महिला रहेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या एक लाख ६८ हजार दुई सय ३५ पुगेको छ ।