लाङटाङ, सगरमाथा र अन्नपूर्ण क्षेत्रतिर पर्यटकीय गतिविधि बढ्दै

नेपालवाच । सरकारले कात्तिक १ गतेबाट पर्यटकका लागि ट्रेकिङ तथा पर्वतारोहण खुल्ला गरेसँगै आन्तरिक पर्यटक बढ्न थालेका छन् । विशेषगरी लाङटाङ, सगरमाथा र अन्नपूर्ण क्षेत्रतिर चहलपहल सुरु हुन थालेको नेपाल पर्वतरोहण संघ(एनएमए)का सूचना अधिकारी कुलबहादुर गुरुङले जानकारी दिए । ‘ती क्षेत्रतिर नेपालीहरूको ट्रेकिङ र हाइकिङ गतिविधि बढिरहेको भन्ने सन्देश पाएका छौं’, गुरुङले भने । यता नेपाल पर्यटन बोर्डमा पनि दैनिक १२ जनाको हाराहारीमा विदेशीले ट्रेकिङको अनुमति लिने गरेको बोर्डका सूचना अधिकारी मणिराज लामिछानेले बताए । ‘विशेषगरी अन्नपूर्ण, सगरमाथा, लाङटाङको लागि पर्मिट लिनेको संख्याको बढिरहेको छ’, उनले भने । पहिला यो सिजनमा दुई तीनसयको हाराहारीले ट्रेकिङ अनुमति लिन्थे । अन्तर्रािष्ट्रय पर्यटकतर्फ भने अझै पनि भिसा र क्वारेन्टिनको समस्याले नगन्यमात्रामा संख्या बढेको गुरुङ बताउँछन् । अनलाइन भिसा नपाइने र अराइभल भिसाको पनि व्यवस्था नगरिएको कारणले समस्या अझै छ । ‘जो अपरेटर हो उसले नेपाल पर्यटन बोर्ड र टान अथवा एनएएमएको सिफारिस लिएर दूतावास जानुपर्ने अलि झन्झटिलो व्यवस्था भएको हुनाले विदेशीको खासै आगमन छैन’, उनले भने । यसअघि पहिला अनलाइन र अराइभल दुवै भिसाको सुविधा थियो । पर्यटकले आफ्नै देशको कुटनीतिज्ञमार्फत नेपालको दूतावासबाट भिसा लिन पाउथे । नेपालको बोर्डर अथवा विमानस्थलमा आएर सोझै फारम भरेर पनि भिसा लिन पाइन्थ्यो । अहिले कोभिडले गर्दा यो प्रक्रिया लम्बिएको छ । सात दिन क्वारेन्टाइन बस्नुपर्ने नियम पनि पर्यटकको लागि अर्को महाभारत बनेकोे गुरुङको ठहर छ । आउँदो नोभेम्बरमा पछिल्ल्लो वर्षको संख्याको ५ प्रतिशत पर्यटक आउने अनुमान रहेको सरोकारवाला बताउँछन् । गुरुङका अनुसार अउँदो नोभेम्बरमा अघिल्लो वर्षको मार्च अप्रिलतिर यस अघि स्थगित गरेका टोलीहरू घुमघामका लागि आउने देखिन्छ ।
ताजा अपडेट
-
न्यूयोर्कका सार्वजनिक स्थलमा बन्दुक बोक्न निषेध
-
सुडानमा सरकार विरोधी आन्दोलन थप चर्किदै
-
पोखरा स्पोर्ट्स अवार्ड :अरुणा र प्रदीप वर्ष उत्कृष्ट खेलाडी
-
बैतडीबाट पाँच महिलाको उद्धार
-
नेकपा एसका अध्यक्षलाई भारतीय राजदूतले भेटे
नेपालवाच विशेष
-
भएका १९ विमानस्थल अलपत्र, तैपनि थप गर्ने चटारो
-
अब कति बजेट पाउँछन् प्रदेश र स्थानीय तहले ?
-
जहाज हराएको घटना : मृत्युको पुष्टि नभइ मुख्यमन्त्रीदेखि मेयरसम्मले दिए श्रद्धाञ्जलि !
-
पूर्वप्रशासकका नजरमा यी हुन् काठमाडौं महानगरका विकृति र बालेनका चुनौती
-
महिनावारीकाे विज्ञापन संसार : सय वर्षमा बदलिँदैछ मानसिकता
प्रतिक्रिया