NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २६ गते

नेविसंघले आइतबार सरकारविरुद्द काठमाडौंमा प्रदर्शन गर्ने

काठमाडाैं । षडयन्त्रपूर्वक आफ्ना कार्यकर्ताकाे धरपकड भएको भन्दै विरोधमा नेविसंघले आइतबार काठमाडौंको प्रदर्शनीमार्गमा प्रदर्शन गर्ने भएको छ । नेविसंघका कार्यकर्तामाथि ज्यादती भएको, यातना दिइएको, झुठा मुद्दा लगाइएको भन्दै विरोधमा उनीहरुले प्रदर्शन गर्न लागेको जानकारी महामन्त्री दिपक भट्टराईले जानकारी दिए । सरकार कोरोनापीडितप्रति उदासीन रहेको, भ्रष्टाचारमा केन्द्रित रहेको भन्दै विरोध प्रदर्शन गर्न लागेको भट्टराई बताउँछन् । प्रदर्शन आइतबार दिउसो दुई बजे हुने नेविसंघले जनाएको छ ।