विश्वकै दोस्रो अग्लो ‘बन्जीजम्प’मा सुरुदेखि नै आकर्षण

नेपालवाच । कालीगण्डकीको खोंचमा ‘द क्लिफ प्रा.लि’ ले सञ्चालनमा ल्याएको विश्वकै दोस्रो ठूलो (अग्लो) ‘बन्जीजम्प’ शनिबारबाट सञ्चालनमा आएको छ । पहिलो दिन नै उल्लेख्य मात्रामा पर्यटकको आगमन भएको क्लिफका सेल्स तथा मार्र्केटिङ अधिकारी दीप गुरुङले नेपालवाचलाई जानकारी दिए । ‘शनिबारबाट सबै सर्वसाधरणका लागि खुल्ला गरेका हौं । पहिलो दिन सोचेभन्दा धेरै पर्यटक आउनुभयो’, गुरुङले भने, ‘७० जनाले यहाँको साहसिक खेलमा सहभागिता जनाउनुभयो । कति बुकिङ त क्यान्सिल नै गराउनुपर्याे ।’ कुनै प्राविधिक गडबडीविना नै सबै साहसिक खेल सम्पन्न भएको उनको भनाइ छ । गुरुङका अनुसार नेपालभरिबाट नै धान्नै नसकिने गरी ‘इन्क्वाइरी’ आइरहेका छन् । हालसम्मलाई ‘द क्लिफ प्रा.लि.’ले फेसबुक, इन्स्टाग्राम, इमेल र टेलिफोनमार्फत आएका बुकिङलाई आधिकारिक मानेकोे छ । कम्पनीले छिट्टै आफ्नै वेबसाइटमार्फत् अनलाइन बुकिङ पनि लिने व्यवस्था मिलाउने उनले बताए । हालको लागि दैनिक ७० वटामात्र साहसिक खेल गराउने उनीहरुको तयारी छ । कोभिड महामारीले गर्दा आन्तरिक पर्यटककै बाहुल्यता रहेको छ । बन्जी, स्वीङ, टान्डेम स्वीङ, जायन्ट पिङ र स्काइ साइक्लिङ गरेर पाँचवटा सहसिक गतिविधि अहिलेकोे लागि खुलाइएको जानकारी उनले दिए । स्वास्थ्य प्रोटोकलतर्फ हालको लागि नेपाल सरकारले पेश गरेको स्वास्थ्य मापदण्डलाई नै पालना गरिरहेको ‘द क्लिफ प्रा लि’ का निर्देशक रोजन श्रेष्ठले बताउँछन् । ‘हामीले आफ्नो तर्फबाट सामाजिक दूरी कायम राख्ने र सीमित ग्रुपलाई मात्र प्रवेश दिने गरेका छौं’, श्रेष्ठले भने ।
ताजा अपडेट
-
न्यूयोर्कका सार्वजनिक स्थलमा बन्दुक बोक्न निषेध
-
सुडानमा सरकार विरोधी आन्दोलन थप चर्किदै
-
पोखरा स्पोर्ट्स अवार्ड :अरुणा र प्रदीप वर्ष उत्कृष्ट खेलाडी
-
बैतडीबाट पाँच महिलाको उद्धार
-
नेकपा एसका अध्यक्षलाई भारतीय राजदूतले भेटे
नेपालवाच विशेष
-
भएका १९ विमानस्थल अलपत्र, तैपनि थप गर्ने चटारो
-
अब कति बजेट पाउँछन् प्रदेश र स्थानीय तहले ?
-
जहाज हराएको घटना : मृत्युको पुष्टि नभइ मुख्यमन्त्रीदेखि मेयरसम्मले दिए श्रद्धाञ्जलि !
-
पूर्वप्रशासकका नजरमा यी हुन् काठमाडौं महानगरका विकृति र बालेनका चुनौती
-
महिनावारीकाे विज्ञापन संसार : सय वर्षमा बदलिँदैछ मानसिकता
प्रतिक्रिया