NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १४ गते

नेकपा एकता गम्भीर संकटमा : महासचिव पाैडेल

काठमाडौं । नेकपाका महासचिव एवं अर्थमन्त्री विष्णु पौडेलले नेकपाको नेतृत्वसामू गम्भीर संकट उत्पन्न भएको टिप्पणी गरेका छन् । नेकपाका अध्यक्षद्वय प्रधानमन्त्री केपी ओली र प्रचण्डबीच पछिल्लो केही दिनयता दुरी बढेपछि ओलीकै विश्वासपात्रसमेत रहेका पौडेलले एकीकृत र अभिभाज्य अस्तित्वका सामू गम्भीर संकट उत्पन्न भएको बताएका हुन् । सामाजिक संजाल ट्वीटमा पौडेलले लेखेका छन्, यतिबेला नेपाल कम्युनिष्ट पार्टी ९नेकपा०को एकीकृत र अविभाज्य अस्तित्वका सामु गंभीर संकट उत्पन्न भएको छ । आपसी अन्तरविरोधलाई सहमतिका साथ समाधान गर्दै पार्टी एकताको रक्षाका लागि योगदान गर्न समस्त नेता, कार्यकर्ता तथा सदस्य कमरेडहरु समक्ष अनुरोध गर्दछु । पौडेलले सामाजिक संजालमा फेसबुकमा पनि नेकपामा गहिरिंदो संकटप्रति लामो टिप्पणी गरेका छन् । दुई वर्षसम्म पार्टी एकताको काम पूरा हुन नसकेको मात्रै पार्टी एकता गम्भीर मोडमा पुगेको भन्दै आपसी अन्तरविरोधलाई सहमतिबाट अन्त्य गर्नुपर्ने विचार व्यक्त गरेका छन् । पौडेलको फेसबुक स्टाटस राजनीतिक स्थायीत्व सुनिश्चित गर्ने, संविधानको प्रभावकारी कार्यान्वयन गर्ने र ‘समृद्ध नेपाल सुखी नेपाली’को राष्ट्रिय आकाँक्षा पूरा गर्दै समाजवादतर्फ अघि बढ्ने उद्देश्यका साथ नेकपा ९एमाले० र नेकपा (माओवादी केन्द्र) बीच एकता सम्पन्न भई नेपाल कम्युनिष्ट पार्टी (नेकपा) गठन भएको थियो ।पार्टी एकता सम्पन्न भएसँगै हाम्रो सामु दुई वर्षभित्र महाधिवेशन आयोजना गर्ने र सुदृढ एकताका साथ अघि बढ्ने जिम्मेवारी उपस्थित थियो । तर, आजसम्म आईपुग्दा पनि पार्टी एकताको बाँकी काम पूरा हुन नसकेको मात्र होइन, पार्टीको एकीकृत तथा अविभाज्य अस्तित्वमाथि समेत बारम्बार प्रश्न उठेको छ । यतिबेला पार्टी एकता गंभीर संकटको मोडमा आईपुगेको छ । नेतृत्व तहमा उत्पन्न अन्तरविरोधले पार्टी एकताको औचित्य खण्डित हुन सक्तैन । तसर्थ आपसी अन्तरविरोधलाई संवादको कार्यसूची बनाउन, सहमतिका साथ समाधान खोज्न र पार्टी एकताको रक्षा एवम् विकासका लागि सकारात्मक योगदान गर्न समस्त नेता, कार्यकर्ता तथा सदस्य कमरेडहरुलाई अनुरोध गर्दछु ।