NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १४ गते

२५ वर्षसम्म आफैंले काम गरेको अस्पतालमा आइसिुयु बेड नपाएर मृत्यु

नेपालवाच । आफैंले काम गरेको अस्पतालमा आईसियु बेड नपाएर एक स्वास्थ्यकर्मीको मृत्यु भएको छ । विगत २५ वर्षदेखि त्रि.वि शिक्षण अस्पताल, महाराजगञ्जमा कार्यरत लेखा अधिकृत ५४ वर्षीय राजाराम इटनीको मंगलबार बिहान मृत्यु भएको हो । धादिङ त्रिपुरासुन्दरी–२ का स्थायी बासिन्दा इटनीलाई हल्का ज्वरो र जिउ दुख्ने समस्या भएपछि घरमै आराम गरिरहेका थिए । स्वासप्रस्वासमा समस्या देखिएपछि उनलाई सोमबार राती त्रि.वि शिक्षण अस्पताल, महाराजगञ्ज ल्याइएको थियो । उनमा अक्सिनजनको मात्रा ४५ भन्दा कम थियो र निमोनियाको संक्रमण भएको थियो । अस्पताल प्रशासनका अनुसार निमोनिया संक्रमणका कारण इटनीको अवस्था गम्भीर बनेपछि उनलाई राख्न भेन्टिलेटरसहितको आइसीयुको खोजी भएको थियो । तर अस्पतालको बेड भरिएका कारण बेड खाली नभएपछि अस्पतालको इमर्जेन्सीमा ड्युटीमा खटिएका ज्ुनियर चिकित्सकहरुले उनलाई अन्तै लैजान सुझाए थिए । ‘अस्पतालको कर्मचारी भएको नाताले उनलाई प्राथमिकता दिनु पर्ने त थियो । तर गम्भीर समस्याका कारण अस्पतालको आईसीयु सर्वसाधारणले भरिभराउ भएर बेड खाली नभएपछि उनलाई अन्तै पठाउनुको विकल्प रहेन’ त्रि.वि. शिक्षण अस्पताल महाराजगञ्जका डेपुटी कन्ट्रोलर तथा सूचना अधिकारी रामविक्रम अधिकारीले नेपालवाचसित भने । सोही क्रममा परिवारका सदस्यले चुनीखेलस्थित करुणा अस्पताल लगेकोमा उनको मंगलबार बिहान निधन भएको अस्पतालले जनाएको छ । अस्पतालमा हाल १२ वटा भेन्टिलेटरसहितका आईसीयु छन् । छ वटा एनआईसीयू, छ वटा पिआईसीयु, अपरेशन गरिएका विरामीलाई राख्ने ५ वटा आइसियु तथा १०–१२ वटा हाई डिपेन्डेन्सी युनिट छ । झण्डै चार सय कर्मचारी कार्यरत अस्पतालमा सीमित श्रोत साधनका बीच कोही कर्मचारी विरामी भए उसलाई प्राथमिकता राख्नुपर्ने भएपनि आईसीयू खाली नभएको अवस्थामा अस्पतालमा कार्यरत जो कोहीलाई अन्तै अस्पताल रिफर गर्नुको विकल्प नरहेको समेत उनले स्पष्ट पारे ।