NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १९ गते

रोचक हुँदै अमेरिकी मतपरिणाम : अग्रतामा बाइडन, निर्णायक राज्यमा ट्रम्प अगाडि

अमेरिकी राष्टपति निर्वाचनमा रिपब्लिकन्स पार्टीका डोनाल्ड ट्रम्प र डेमोक्र्याटिक पार्टीका जो बाइडनबीच कडा प्रतिष्पर्धा रहेको छ । पछिल्लो चुनावी मतपरिणाम अनुसार बाइडनले २६४ इलेक्टोलर कलेज भोट प्राप्त गरिसकेका छन् भने ट्रम्पले २१४ भोटका साथ उनलाई पच्छ्याइरहेका छन् । अमेरिकाको राष्ट्रपति चुनाव जित्न कमसेकम २७० भोट आवश्यक पर्छ । चुनावी मतपरिणाम अनुसार अमेरिकाको निर्णायक मानिने स्विंग राज्यहरुमा ट्रम्पले अग्रता लिएका छन् । स्विंग राज्यमा पर्ने रिपब्लिकन राज्य जोर्जियामा ४९.६ प्रतिशत भोट कासाथ ट्रम्पले अग्रता लिएका छन् । नर्थ क्यारोलिनामा पनि ५०.१ प्रतिशत भोटका साथ ट्रम्पले अग्रता लिएका छन् । विस्कान्सिनमा ४९.६ प्रतिशत भोट तथा नेवेदामा ४९.३ प्रतिशत बाइडन अग्रता स्थानमा रहेका छन् । पेन्सेल्टेभनिया २० इलेक्टोलर कलेट भोटमध्ये ८९ प्रतिशत भोट गणना भइसकेको छ । जसमा ५०.७ प्रतिशत भोटका साथ ट्रम्प अग्रस्थानमा रहेका छन् । यद्यपी, पोस्टल बैलेटबाट आएका कारण त्यस क्षेत्रका लाखौ भोट गणना हुन अझै बाँकी नै छ ।यद्यपी, जोर्जिया, नेवेदा, पेन्सेल्भेनिया, नर्थ क्यारोलिना, विस्कन्सिन राज्यमा मतगणना अझै जारी छ । एरिजोना, फ्लोरिडा, जोर्जिया, आइवा, मिसिगन, नेवेदा, न्यु हेम्पायर, नर्थ क्यारोलिना, ओहायो, पेन्सेल्भेनिया, टेक्सस तथा विस्कनिसन लगायतका १२ वटा राज्य अमेरिकाको स्विंग राज्यमा पर्छ । उक्त क्षेत्रको चुनावी परिणाम परिवर्तित भइरहने भएकोले उक्त राज्यलाई स्विंग राज्य भनिन्छ । पछिल्लो चुनावी मतपरिणाम अनुसार स्विंग राज्यमा डेमोक्र्याटिक पार्टीका जो बाइडनले एरिजोना र न्यु ह्याम्पसायरमा जीत हासिल गरिसकेका छन् भने नेवेदा राज्यमा ५०.३ प्रतिशत भोटले अग्रता लिएका छन् । त्यस्तै, रिपब्लिकन पार्टीका डोनाल्ड ट्रम्पले फ्लोरिडा, आइवा, ओहायो तथा टेक्ससमा जीत हासिल गरिसकेका छन् भने जोर्जिया, मिसिगन, नर्थ क्यारोलिना, पेन्सेल्भेनिया, तथा विस्कन्सिनमा ब्राइडन विरुद्ध अग्रता लिएका छन् । मतगणना बुधवार बेलकुी वा विहिवार बिहानसम्म जारी रहन्छ ।