NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १४ गते

स्याङ्जाबाट एकैदिन १११ अपराधी पक्राउ

स्याङ्जा । स्याङ्जाबाट एकैदिन एक सय ११ जना फरार अपराधी पक्राउ परेको छन् । जिल्ला प्रहरी कार्यालय स्याङ्जा तथा मातहत युनिटबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ पर्नेहरुमा कर्तव्य ज्यान, जवरजस्ती करणी, मानवबेचबिखन, लागू औषध, हातहतियार खरखजना, सवारी ज्यान, बहुबिवाह, चेक बाउन्स, अंशवण्डा, सम्बन्ध विच्छेद, कुटपिट, लुटपाट लगायतका मुद्दामा अदालतबाट दोषी ठहर भएका थिए । पक्राउ परेकाहरु मध्ये ९७ जना पुरुष र १४ जना महिला गरी १११ जना रहेका छन् । उनीहरुलाई प्रहरीले बुधबार पक्राउ गरेको हो । उनीहरुलाई जेल चलान गर्नका लागि स्याङ्जा जिल्ला अदालतमा उपस्थित गराइएको प्रहरीले जनाएको छ ।