NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १४ गते

जो बाइडन : अमेरिकाको ४६ औं राष्ट्रपतिमा जीत नजिक

अमेरिकी राष्ट्रपति चुनावमा डेमोक्र्याटिक पार्टीका जो बाइडन जीतको नजिक पुगेका छन् । उनलाई अमेरिकी राष्ट्रपतिको चुनाव जित्न अब कम्तीमा पनि छ भोटको आवश्यकता छ । कम्तिमा ६ इलोक्टोरल भोट पाए बाइडन अमेरिकाको ४६ औं राष्ट्रपतिमा निर्वाचित हुनेछन् । जारी मतगणनामा बाइडनले अग्रता गरेकाे राज्यकाे इलेक्टाेरल मत पाए उनी निर्वाचित हुनेछन् । अमेरिकाको राष्ट्रपति चुनावमा २७० इलेक्टोलर कलेज भोटलाई निर्णायक मानिन्छ । अमेरिकाको राष्ट्रपति चुनावमा जनसंख्याका आधारमा निर्वाचन मण्डलको निश्चित भोट प्राप्त हुन्छ । जसको कुल संख्या ५३८ रहेको हुन्छ । र त्यसमध्ये जसले २७० वा सो भन्दा बढी इलेक्ट्रोलर भोट प्राप्त गर्छ उ अमेरिकाको राष्ट्रपतिमा निर्वाचित हुन्छ । पछिल्लो मतपरिणाम अनुसार जो बाइडनले २६४ इलेक्टोरल कलेज भोट सहित अग्रता लिइरहेका छन् । उनका निकट प्रतिद्धन्दी रिपब्लिकन्स पार्टीका डोनाल्ड ट्रम्प २१४ भोटसहित दोश्रो स्थानमा छन् । जोले हालसम्म कुल मतको ५०.४ प्रतिशत भोट पाएर अग्रता लिएका छन् । उनलाई पछ्याइरहेका डोनाल्ड ट्रम्पले कुल भोटमध्ये ४८ प्रतिशत भोट प्राप्त गरिसकेका छन् ।अमेरिकी राष्ट्रपति चुनावमा लिबरियन पार्टीका जो जोर्जेन्सेन, ग्रीन पार्टीका ह्वीई हकिन्सले भने अहिलेसम्म कुनै इलेक्टोरल कलेज भोट प्राप्त गरेका छैनन् ।