NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १४ गते

बालुवाटार पुगेर ओलीलाई प्रचण्डकाे प्रश्न ‘गुटको भेलामा पार्टी फुटे जसरी किन निर्देशन दिएको ?

काठमाडाैँ । प्रधानमन्त्री केपी ओली र नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच बालुवाटारमा चर्काचर्की भएको छ । भेटमा प्रचण्डले प्रधानमन्त्री ओलीले बुधबार प्रदेश १ का आफू निकटका नेताहरुसँग जनताको बहुदलीय जनबादलाई ब्यूत्याएर अघि बढ्न दिएको निर्देशनप्रति आपत्ति जनाएका छन् । प्रचण्डको भनाइ उदृद्ध गर्दै स्रोतले भन्यो, ‘आफ्ना नेताहरुलाई जबज व्यूत्याएर अघि बढ्न निर्देशन दिनुभएछ । यसले पार्टी एकतालाई थप संकटमा पुर्याउछ । पार्टी एकतालाई संकटमा पार्ने यस्ता काम तत्काल रोक्नुहोस् । गुटको भेलामा पार्टी फुटे जसरी किन निर्देशन दिएको ? ’ यस्तै बुधबार नै प्रधानमन्त्रीले एक कार्यक्रममा राजीनामाको कुरा उठेको भन्ने विषयप्रति पनि प्रचण्डले प्रश्न उठाएका छन् । प्रचण्डले ओलीलाई तपाईको राजीनामा कसले माग्यो भन्दै प्रश्न गरेका थिए । ‘पार्टी कमिटिमा भएका निर्णय मान्नुस् पो भनेको हो त, तपाई पार्टीको निर्णय पनि नमान्ने अनि यस्ता अप्राशंगिक कुरा उठाउँदै हिँड्ने ?’ यस्तै प्रचण्डले गुटका भेला र बैठक गरेर पार्टी फुटाउने आफूले तयारी गर्ने र बाहिर अरुले नै पार्टी फुटाउन लागे जसरी प्रचार गरेको भन्दै ओलीसँग रोस प्रकट गरेका छन् । प्रचण्डले आफ्ना कुरा पार्टीको बैठकमा राख्न प्रधानमन्त्री ओलीलाई आग्रह गरेका छन् । तर ओलीले प्रचण्डको आग्रहलाई अस्वीकार गरेका छन् ।