NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०७९ मंसिर १५ गते

तिहारको भाइटीकापछि खुल्ला मञ्चको निःशुल्क खाना बन्द

काठमाडाैं । कोरोना भाइरसका कारण आर्थिक संकटमा परेकालाई खुलामञ्चमा निःशुल्क खुवाउँदै आएको खाना अब बन्द हुने भएको छ । काठमडौंको खुल्ला मञ्चमा सयौँको संख्यामा गरिब नागरिकले निःशुल्क खाना खाँदै आएका थिए ।काठमाडौं महानगरपालिकाले ‘सरकारको बेइज्जत भएको’ भन्दै खाना अभियान बन्द गर्न निर्देशन दिँदै आएको थियो । तर आज अभियान्ता र महानगरपालिकाबीच भएको सहमति अनुसार आगामी तिहारको भाइटीकापछि निःशुल्क खाना अभियान खुल्लामञ्चको चौरसँगै सावर्जनिक स्थानमा खुवाउन बन्द हुने भएको हो । निःशुल्क खाना कहाँ खुवाउने भनेर वैकल्पिक स्थान भने खोजिने भएको छ ।