NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १४ गते

ओली सहमतिमा नआए एकलौटी अघि बढ्ने नेकपा सचिवालयको बहुमत निर्णय

काठमाडौ । बहुमत नेकपा सचिवालय बैठकले अब पनि केपी ओली बैठकमा बस्न नमाने उनलाई छोडेर अघि बढ्ने निर्णय गरेको छ । त्यसअघि भोली केपी ओलीलाई सामुहिक भेटेर चेतावनी दिने निर्णय गरेको छ । नेपालवाचसँग कुरा गर्दै झलनाथ खनालले भने, पार्टी एकता बचाउन भोली विहान ९ बजे भेटेर पार्टी पद्धतीमा बस्न ओलीलाई सामूहिक रुपमा आग्रह गछौँ, मानेनन् भने, हामी एकलौटी रुपमा निर्णय गरेर अघि बढ्छौँ । पछि हटिदैन ।’ उनले ओली सहमतिमा नआउँदा बस्ने सचिवालय बैठकले पार्टी र सरकारका विषयमा स्वतन्त्र रुपमा निर्णय गर्ने र निर्णय कार्यान्वयन गराउने तर्फ ध्यान दिने बताए । उनले सचिवालय वैठकमा सरकार र पार्टीको समिक्षा भएको र पार्टी एकता बचाउन सबै एकमत भएको बताए । तर एकता बचाउन केपी शर्मा ओलीको हेपाई सहेर नबस्ने निष्कर्ष निकालेको उनले बताए ।

ताजा अपडेट

नेपालवाच विशेष