महामारीको बेला होटलमा जुवा

जनकपुर । कोरोना महामारीको बेला होटलमा बसेर जुवा खेल्ने ८ जना प्रहरी फन्दामा परेका छन् । जनकपुर उपमहानगरपालिका–४ स्थित डिके होटलमा जुवातास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने ४० वर्षीय गणेशसहित ८ जनालाई नगद १ लाख ६३ हजार ६ सय ६० रुपैयाँ र ३ बुक तास सहित शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ । होटलमा जुवातास खेलिरहेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय धनुषाबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो । पक्राउ पर्नेहरूमा अधिकांश पेशेवर जुवाडे भएको प्रहरीले जनाएको छ । जग्गाको विवादमा ढुंगाले हानेर छिमेकीको हत्या जग्गाको विवादमा विवाद हुँदा काभ्रेमा एक व्यक्तिको हत्या भएको छ । रोशी गाउँपालिका–११ भैंसेडाँडा बस्ने २५ वर्षीय सुब्बा बिसुङ्खेको ढुङ्गा प्रहार गरी हत्या भएको हो । सोही ठाउँ बस्ने २४ वर्षीय सन्तोष नेपालीले उनको हत्या गरेको प्रहरीले जनाएको छ । बिसुङ्खेले सोही ठाउँ बस्ने ५५ वर्षीय खड्ग बहादुर नेपालीलाई बञ्चरो प्रहार गरी गम्भीर घाइते बनाएका थिए । त्यसपछि खड्गबहादुरका छोरा सन्तोषले ढुङ्गा प्रहार गरेका थिए । गम्भीर घाइते भएका बिसुङ्खेको धुलिखेल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । साथै घाइते खड्ग बहादुरलाई उपचारको लागि हेम्स अस्पताल काठमाडौं लगिएको छ । उनको हेलिकोप्टरबाट उद्धार गरिएको थियो । सन्तोषलाई पक्राउ गरी अनुसन्धान अघि बढाइएको डिएसपी कुमार बिक्रम थापाले बताए ।
ताजा अपडेट
-
न्यूयोर्कका सार्वजनिक स्थलमा बन्दुक बोक्न निषेध
-
सुडानमा सरकार विरोधी आन्दोलन थप चर्किदै
-
पोखरा स्पोर्ट्स अवार्ड :अरुणा र प्रदीप वर्ष उत्कृष्ट खेलाडी
-
बैतडीबाट पाँच महिलाको उद्धार
-
नेकपा एसका अध्यक्षलाई भारतीय राजदूतले भेटे
नेपालवाच विशेष
-
भएका १९ विमानस्थल अलपत्र, तैपनि थप गर्ने चटारो
-
अब कति बजेट पाउँछन् प्रदेश र स्थानीय तहले ?
-
जहाज हराएको घटना : मृत्युको पुष्टि नभइ मुख्यमन्त्रीदेखि मेयरसम्मले दिए श्रद्धाञ्जलि !
-
पूर्वप्रशासकका नजरमा यी हुन् काठमाडौं महानगरका विकृति र बालेनका चुनौती
-
महिनावारीकाे विज्ञापन संसार : सय वर्षमा बदलिँदैछ मानसिकता
प्रतिक्रिया