NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १४ गते

बाइडेन ट्रम्पलाई हराउँदै अमेरिकाको ४६ औं राष्ट्रपतिमा निर्वाचित

पेन्सिलभेनियाकाे २० इलेक्टोरल भोट प्राप्त गरी अमेरिकाको ४६ औं राष्ट्रपतिमा डेमोक्रयाटिक पार्टीका जो बाइडेन विजयी भएका छन् । ५३८ इलेक्टोरल मतमा बहुमत २७० मत कटाएपछि बाइडन राष्ट्रपतिमा चुनिएका हुन् ।२५३ इलेक्टोरल मत प्राप्त गरेको झण्डै तीन दिनपछि पेन्लिसभेनियाको २० इलेक्टोरल मत प्राप्त गरेपछि बाइडेनले २७३ मत बनाउँदै डोनाल्ड ट्रम्पलाई पराजित गर्न सफल भएका हुन् । बाइडेनको पूरा नाम जोसेफ रोविनेट बाइडन जुनियर हो । उनको जन्म २० नोभेम्बर १९४२ मा पेन्सेल्भिानियाको स्क्र्यान्टन शहरमा भएको हो । उनको पिता जोसेफ बाइडन सिनियर र आमा युजेनिया ‘जीन फिननेगन’ हु्न् । बाइडनको दुई श्रीमती र चार सन्तान छन् । क्रिमससका बेला क्रिसमस रुख खरिदका क्रममा स्न् १९७२ मा भएको एउटा कार दुर्घटनामा परी उनको पहिलो पत्नी र छोरीको निधन भएको थियो । बाँकी दुई सन्तान गम्भीर रुपले घाइते भएका थिए । बाइडेनको सन् १९७७ मा जिल बाइडनसित दोश्रो विवाह भएको थियो । दोश्रो श्रीमतीबाट उनको छोरी एलिशको जन्म भएको थियो । ३० मे २०१५ मा ब्रेन ट्युमरका कारण उनको पहिलो पत्नीका सन्तान बीउ बाइडेनको ४६ वर्षको उमेरमा निधन भएको थियो । बाइेडन अमेरिकाका सफल राजनीतिज्ञ हुन् । उनी लामो समयदेखि राजनीतिमा सक्रिय रहँदै आएका छन् । त्यसैले पनि उनको राजनैतिक करियर रोमाञ्चक रहेको छ । याे पनि पढ्नुस् को हुन् अमेरिकाको सबैभन्दा वृद्ध ७८ वर्षका राष्ट्रपति बाइडेन