NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १४ गते

डा. बाबुराम भट्टराई दम्पत्तिलाई दोस्रोपटक पनि कोरोना पोजेटिभ

काठमाडौं । होम आइशोलसनमा रहेका पूर्व प्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई तथा उनकी धर्मपत्नी हिसिला यमीको कोरोना रिपोर्ट पुन पोजेटिभ आएको छ । १४ दिन होम आइसोलशनमा रहेका उनीहरुको पिसिआर परीक्षणका क्रममा कोरोना रिपोर्ट पुनः पोजेटिभ आएको हो । पिसिआर परीक्षणका क्रममा गत कात्तिक ७ गते डा. भट्टराई दम्पत्तीको कोरोना रिर्पोट पोजेटिभ आएपछि उनीहरु होम आइशोलेनमा बसेका थिए । दोस्रोपटक पिसिआर परीक्षण गराउने क्रममा कोरोना रिपोर्ट पुनः पोजेटिभ आएपछि भट्टराई दम्पीले आइतबार फेसबुकमा एक स्टाटस लेखी कोरोनाविरुद्धको लडाईं लामो जान सक्ने बताएका छन् । डा. बाबुराम भट्टराईले आफ्नो फेसबुक स्टाटसमा लेखेका छन्,‘बुढाबुढी सँगसँगै कोरोनाविरुद्धको मोर्चा कस्दै । लडाईं केही लामै होला जस्तो पो छ त ।’

ताजा अपडेट

नेपालवाच विशेष