बाइडेनले जित्दा लाइभ प्रसारणमैं रोए सिएनएनका प्रस्तोता

अमेरिकामा बाइडेन विजयी भएपछि चर्चित टेलिभिजन सिएनएनका चर्चित होस्ट जोन्स लाइभ प्रसारणमैं रोए । टिभीको लाइभ शोमा उनले भनेका थिए, ‘यो थुप्रै पीडामा गुज्रिरहेका मानिसहरुका लागि एक प्रमाण हो । मैले स्वास फेर्न सकिनँ, त्यो जर्ज फ्लोइडको लागि मात्रै थिएन, त्यहाँ थुप्रै मानिस थिए, जसले स्वास फेर्न सकेनन् ।’ यस्तो भनिरहँदा जोन्स टिभीमा रुँदै गरेका थिए । जोन्सले बाइडेनको जितसँगै आफू रोएको भिडियो क्लिप ट्वीटरमा शेयर गर्दै लेखे, ‘यस बिहान अभिभावक बन्न सजिलो छ, बच्चाहरुलाई चरित्रबारे भन्न सजिलो छ ।’ साथै उनले कार्यक्रमबाटै बाइडेन र कमला ह्यारिसलाई बधाइ समेत दिए । ट्रम्प शासनमा मानिसहरु थुप्रै पीडाबाट गुज्रनुपरेको भन्दै अव भने पीडाबाट उठेर मानिसहरुले श्वास फेर्न सक्ने बताएको अन्नपूर्ण पोष्टको यो बाइडेनले जित्दा जब टिभी होस्ट लाइभमा बोल्दाबोल्दै रोए ! समाचारमा उल्लेख छ ।
ताजा अपडेट
-
नेपाल टी-ट्वान्टी लिगको टेन्डर खुला
-
स्थापितले भने– हारलाई सामान्य रूपमा लिएको छु, बालेनलाई बधाई
-
गेटा मेडिकल कलेज तत्काल सञ्चालनमा ल्याउन सांसदहरुको माग
-
चेल्सीकी एम्मा हेस र साम केरले जिते ‘एफए वुमेन्स सुपर लिग’ उपाधि
-
अन्तर्राष्ट्रिय कारणले इन्धनको मूल्य वृद्धि भयोः मन्त्री बडू
प्रतिक्रिया