NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १४ गते

सन्दिप लामिछानेको टिम दिल्ली आइपिएलको फाइनलमा

काठमाडौं । नेपालका लेग स्पिनर सन्दिप लामिछानेको टिम दिल्ली क्यापिटल्स आइपिएलको फाइनलमा पुगेको छ । गएराती भएको खेलमा सनराइजर्स हैदरवादलाई १७ रनले हराउँदै दिल्ली पहिलोपटक आइपिएलको फाइनलमा पुगेको हो । टस जितेर पहिलो ब्याटिग गरेको दिल्लीले १९० रनको लक्ष्य दियो । चुनौतीपूर्ण लक्ष्य दिने क्रममा शिखर धवनले ७८, हिटमायरले ४२, मार्कस स्टोइनिसले ३८ रनको योगदान दिए ।हैदरवादका लागि केम विलियमसनले ६७ रनको योगदान दिए पनि जितसम्म पुर्याउन सकेनन् । अब्दुल समादले ३३ रन बनाएर जितको आशा देखाए पनि दिल्लीका लागि रबाडाले एकै ओभरमा तीन विकेट लिएपछि दिल्लीले पहिलोपटक आइपिएलको फाइनल पक्का गर्यो । १७२ रनमैं समेटिएपछि हैदरावादकाे सट्टा दिल्लीले फाइनल पक्का ग-याे । फाइनल प्रवेशका लागि पहिलो क्वालिफायरमा मुम्बईसँग पराजित भएको दिल्ली दोस्रो खेलमा जित्न पुगेको हो । अब फेरि उपाधिका लागि दिल्लीले मुम्बईसँगै खेल्नेने छ । तर, नेपालका सन्दिप लामिछानेले यस पटकको आइपिएलमा अहिलेसम्म कुनै पनि खेलमा मौका पाएका छैनन् ।