मीन विश्वकर्मालाई भेन्टिलेटरबाट निकालियो, डाक्टरसँग बोल्न थाले

काठमाडौं । कोरोना संक्रमणबाट गम्भीर बिरामी परेका कांग्रेस केन्द्रीय सदस्य एवं दलित संघका अध्यक्ष मीन विश्वकर्मालाई एक हप्तापछि भेन्टिलेटरबाट निकालिएको छ । कोरोना संक्रमणले फोक्सोमा निमोनिया र श्वाप्रश्वासमा समस्या आएपछि विश्वकर्माको गान्डी अस्पतालमा भेन्टिलेटरमा राखेर एक हप्तादेखि उपचार हुँदै आएको थियो । एक हप्ता भेन्टिलेटरमा राखेपछि अवस्थामा सुधार हुँदै जाँदा भेन्टिलेटरको पाइप निकालिएको जानकारी विश्वकर्माकी छोरी सरुमाले दिइन् । ‘एक हप्ता भेन्टिलेटरमा राखेपछि अहिले उहाँलाई भेन्टिलेटरबाट निकालिएको छ’ उनले नेपालवाचसँग भनिन्, ‘पाइप निकालिए पनि उहाँलाई मुखमा मास्कमार्फत अक्सिजन दिइराखिएको छ । ७२ घण्टाकोे ट्रायलमा हुनुहुन्छ । तर, उहाँको अवस्थामा राम्रो सुधार आइरहेको जानकारी डाक्टरहरुले गराउनुभएको छ ।’ भेन्टिलेटर निकालिएपछि विश्वकर्मा डाक्टरसँग अलिअलि कुरा गर्न थालेका छन् । फोक्सोमा निमोनिया धेरै नै गढे पनि मात्रा कम हुँदै गएको उनको परिवार बताउँछ । विश्वकर्मालाई १ कात्तिकमा कोरोना पुष्टि भएको थियो । त्यसपछि ८ दिनसम्म उनी होम आइसोलेसनमा नै बसेका थिए । ९ कात्तिकमा वीर अस्पतालमा भर्ना भएर तीन दिन बसे पनि स्वास्थ्यमा सुधार नभएपछि उपचारका लागि विश्वकर्मालाई ग्रान्डी अस्पताल लगिएको थियो ।विश्वकर्माले यस अघि प्रेसरको सामान्य औषधी खाँदै आएका थिए ।
ताजा अपडेट
-
सरकारको नीति तथा कार्यक्रमबारे आयो मिश्रित प्रतिक्रिया, कसले के भने ?
-
किरणलाई हटाएर नवयुगलाई कप्तान बनाइयो
-
बालेनबारे लाउरेको प्रतिक्रिया : मेरा मितज्यूले बबालै गरे
-
ललितपुर महानगरको मेयरमा फेरि चिरीबाबु, मतगणना नसकिँदै दिए व्यञ्जनकारले बधाई
-
यस्तो छ सरकारको नीति तथा कार्यक्रम (पूर्णपाठ)
प्रतिक्रिया