NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १५ गते

फूलै संसार : सयपत्रीले सजिएको इचंगु (फोटो फिचर )

तिहार : झिलीमिली र फूलको चाड । यो वर्ष तिहार ढिलो पर्यो । ढिलो तिहार भएकोले पनि यसपटक किसानका बारीमा फूल पूरै फक्रिसकेका छन् । नओइलाउने मखमली बारीबाटै बिक्री सुरु भएको छ । तर सयपत्री भने चाँडै ओइलाउने भएकाले किसानले बारीबाट टिपिसकेका छैनन् । टिप्ने क्रममा छन् । काठमाडाैं नागार्जुन नगरपालिकामा पर्ने इचंगु सयपत्री फूलको लागि प्रसिद्ध छ । इचंगुको सिंगो गाउँका बारी यतिखेर यिनै सयपत्रीले सजिएका छन् । जसले गाउँबस्तीलाई मनमोहक बनाएको छ । तस्वीर : अनिल लिम्बु