नेकपामा ओली–प्रचण्ड विवाद : अराजकता, गुटबन्दी र आचरणमा विचलन भन्दै अनुशासन आयोगकाे रुलिङ

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को केन्द्रीय अनुशासन आयोगले पार्टीका शीर्ष नेतालाई विवाद र आरोप–प्रत्यारोप छाडेर अविलम्ब बैठक आह्वान गरी समस्याको समाधान गर्न आग्रह गरेको छ । अन्तरपार्टी विवादलाई माक्र्सवादी र विधिसम्मत तरिकाले आपसमा बसेर सुल्झाउन आग्रह गर्दै आयोगका अध्यक्ष अमृतकुमार बोहराले पार्टी कमिटीका आधिकारिक निकायलाई गतिशील तुल्याई विभाजन जस्ता सुन्न नसकिने कुरा सार्वजनिक नगर्न सुझाएका हुन् । अध्यक्ष बोहराले गत भदौ २६ गतेको स्थायी कमिटी बैठकका निर्णय कार्यान्वयनका लागि तत्परता देखाउन आग्रह गर्दै समृद्ध समाजवादी समाज बनाउने ऐतिहासिक आवश्यकता पूरा गर्न पार्टी एकता जरुरी भएकाले फुटतर्फ नलाग्न पनि ध्यानाकर्षण गराएका हुन् । “जति सकिन्छ चाँडो पार्टीको बैठक राखौं । बैठक राख्ने विषयलाई कुनै प्रतिष्ठाको विषय नबनाऔं । पार्टी एकताका बाँकी सबै काम छिटो पूरा गर्दै पार्टी एकता प्रक्रियालाई दिगो र सुदृढ पार्न केन्द्रदेखि आधारभूत तहसम्मका पार्टीका सबै शक्तिलाई वैचारिक र सङ्गठनात्मक रुपमा एकताबद्ध बनाऔं’ विज्ञप्तिमा उल्लेख छ, ‘पार्टीमा देखापरेका अनुशासन र पद्दतिहीनता, गुटबन्दी र अराजकता, कम्युनिष्ट आचरणमा विचलन जस्ता विद्यमान विकृति र विसङ्गतिलाई सघन वैचारिक सङ्घर्षद्वारा परास्त गरौँ ।”
ताजा अपडेट
-
सरकारको नीति तथा कार्यक्रमबारे आयो मिश्रित प्रतिक्रिया, कसले के भने ?
-
किरणलाई हटाएर नवयुगलाई कप्तान बनाइयो
-
बालेनबारे लाउरेको प्रतिक्रिया : मेरा मितज्यूले बबालै गरे
-
ललितपुर महानगरको मेयरमा फेरि चिरीबाबु, मतगणना नसकिँदै दिए व्यञ्जनकारले बधाई
-
यस्तो छ सरकारको नीति तथा कार्यक्रम (पूर्णपाठ)
प्रतिक्रिया