NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १४ गते

यी हुन करोडौं तलब थाप्ने संसारका शक्तिशाली देशका राष्ट्रप्रमुख र सरकारप्रमुख

काठमाडौं । हालैमात्र अमेरिकामा राष्ट्रपतिमा जो बाइडेन निर्वाचित भएका छन् । संसारको शक्तिशाली राष्ट्रमा नयाँ राष्ट्रपति आउँदाको तरंग विश्वमैं फैलन्छ । किनकी शक्तिराष्ट्र अमेरिकाले लिने नीतिले विश्वलाई नै प्रभाव पार्छ । विश्वमञ्चमैं दबदबा सिर्जना गर्ने र सबैभन्दा ठूलो अर्थतन्त्र भएको देश अमेरिकाका राष्ट्रपतिले कति तलब थाप्लान् भन्ने चासो पनि छ । अमेरिकी राष्ट्रपतिले वर्षको चार लाख डलर तलब बुझ्छन् । तर, तलबका अतिरिक्त असीमित सुविधा राष्ट्रपतिलाई हुने गरेको छ । तर, अरु केही राष्ट्रको तुलनामा अमेरिकी राष्ट्रपतिको तलब बढी होइन । खासगरी राजतन्त्र रहेका युरोप र एसियाका देशका राष्ट्र प्रमुख र सरकारप्रमुखको तलब एकदमै धेरै छ । राष्ट्रपति र प्रधानमन्त्री पद्धति भएका मुलुकमा औसत जस्तो तलव भए पनि राजतन्त्र भएका देशको खर्च धेरै माथि छ । अरु केही साना तर धनी राष्ट्रका राष्ट्रप्रमुख र सरकारप्रमुखको तलब पनि एकदमैं धेरै छ । हामीले यहाँ विश्वका केही शक्तिराष्ट्र र धनी राष्ट्रका राष्ट्रप्रमुख र सरकार प्रमुखले थाप्ने तलबलाई उल्लेख गरेका छौं । जुन तलब वार्षिक युएस डलरमा उल्लेख छ । राजतन्त्र भएका मुलुक कुवेत : राजा – १६ करोड ५० लाख डलर बेलायत : रानी– १२ करोड २४ लाख ४२ हजार पाँच सय ८ डलर, प्रधानमन्त्री एक लाख ८५ हजार पाँच सय डलर थाइल्याण्ड : राजा– ८ करोड ४० लाख डलर, प्रधानमन्त्री– ४९ हजार सात सय २८ डलर कतार : इमिर– तीन करोड ६० लाख डलर बेल्जियम : राजा– एक करोड ४४ लाख ५४ हजार ४४० डलर, प्रधानमन्त्री – दुई लाख ६२ हजार ९ सय ६४ डलर लक्जेमबर्ग : राजा– १ करोड २३ लाख तेत्तीस हजार एक सय दुई, प्रधानमन्त्री–दुई लाख ७८ हजार डलर डेनमार्क : राजपरिवार (रानी) एक करोड १३ लाख ५० हजार सात सय ४४ डलर, प्रधानमन्त्री–दुई लाख ४९ हजार सात सय ७४ डलर जापान : राजपरिवार ३० लाख ७५ हजार तीन सय १६ डलर, प्रधानमन्त्री– दुई लाख ५४ हजार ९ सय ३२ डलर स्पेन : राजपरिवार सात लाख ६९ हजार ५० डलर, प्रधानमन्त्री – ९७ हजार ९ सय २६ डलर राष्ट्रपति र प्रधानमन्त्री प्रणाली भएका मुलुक सिंगापुर : राष्ट्रपति १४ लाख ४२ हजार डलर, प्रधानमन्त्री– १६ लाख १० हजार डलर हङकङ : चिफ एक्जिक्युटिभ– पाँच लाख ६८ हजार चार सय डलर स्वीटजरल्याण्ड : राष्ट्रपति– पाँच लाख सात हजार, फेडरल काउन्सिल–चार लाख ९५ हजार डलर अष्ट्रिया : राष्ट्रपति –चार लाख १० हजार डलर, चान्सलर– तीन लाख २८ हजार ६ सय डलर आयरल्याण्ड : राष्ट्रपति चार लाख एक हजार, प्रधानमन्त्री –दुई लाख ३७ हजार डलर अमेरिका : राष्ट्रपति चार लाख डलर अष्ट्रेलिया : गभर्नर जनरल – तीन लाख ४६ हजार सात सय ७७, प्रधानमन्त्री – तीन लाख ८४ हजार ७ सय ६७ डलर क्यानडा : गभर्नर जनरल दुई लाख ९० हजार डलर जर्मनी : राष्ट्रपति– दुई लाख ६८ हजार चार सय ४८ डलर, चान्सलर – तीन लाख ६९ हजार ७ सय २७ डलर न्युजिल्याण्ड : गभर्नर जनरल–दुई लाख ६० हजार दुई सय ४५, प्रधानमन्त्री–तीन लाख २५ हजार पाँच सय ४६ डलर दक्षिण अफ्रिका : राष्ट्रपति दुई लाख २३ हजार पाँच सय डलर दक्षिण कोरिया : राष्ट्रपति– दुई लाख ११ हजार तीन सय २० डलर फ्रान्स : राष्ट्रपति एक लाख ९४ हजार तीन सय डलर, प्रधानमन्त्री दुई लाख २० हजार पाँच सय डलर रुस : राष्ट्रपति– एक लाख ३६ हजार डलर, प्रधानमन्त्री– एक लाख पाँच हजार डलर ब्राजिल : राष्ट्रपति –एक लाख दुई हजार पाँच सय २४ डलर भारत : राष्ट्रपति– ८४ हजार पाँच सय डलर, प्रधानमन्त्री – ६६ हजार डलर चीन : राष्ट्रपति– २२ हजार डलर नेपाल : राष्ट्रपति १७ हजार पाँच सय ८४ डलर, प्रधानमन्त्री – ९ हजार ३३ डलर क्युवा : राष्ट्रपति– ३६० डलर स्रोत : एजेन्सी, विकिपिडिया याे पनि पढ्नुस् संसारकै शक्तिशाली अमेरिकी राष्ट्रपतिको कति हुन्छ तलब र सुविधा ?