बालुवाटारबाट निस्किए प्रचण्ड, धुम्बाराहीमा सचिवालय बैठक सुरु

काठमाडाैं । प्रधानमन्त्री केपी ओलीसँगको भेटवार्ता सकेर नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पार्टी कार्यालय धुम्बाराही गएका छन् । बालुवाटार स्रोतका अनुसार उनीहरुबीचको भेटवार्ता सकारात्मक नभएको जनाइएको छ । प्रचण्ड ओलीसँगको भेट सकिएसँगै सचिवालयको बैठकको अध्यक्षता गर्न धुम्बाराही निस्किएका हुन् । उनी अहिले धुम्बाराही पुगिसकेका छन् भने अन्य सचिवालयका नेताहरु आउने क्रममा रहेका छन् । मुख्यगरी कर्णाली प्रदेशका मुख्यमन्त्रीविरुद अविश्वासको प्रस्ताव, मन्त्रीहरु हेरफेर, रअका प्रमुखको नेपाल भ्रमणपछि दुई अध्यक्षबीच दुरी बढ्दै गएको छ । प्रधानमन्त्री ओलीले नै पार्टी फुटाएर अघि बढौं भन्ने प्रस्ताव गरेपछि नेकपाको आन्तरिक राजनीति झन् ध्रुवीकरणतिर गएको छ । प्रचण्डसँग दुरी बढेपछि ओलीले माधव नेपाललाई बोलाएर प्रधानमन्त्री वा पार्टी अध्यक्ष दुई मध्ये एक रोज्न आग्रह गरेका थिए । तर, संकटमा नेताहरुलाई आश्वासन दिने तर, अघिपछि निरन्तर पेल्ने ओलीको स्वभाव रहेको भन्दै पछिल्लो समय प्रचण्ड, माधव नेपालसहितका नेताहरु ओलीविरुद्ध खुलेरै लागेका छन् ।
ताजा अपडेट
-
लखनउ टी–२० : न्यूजिल्याण्डले दियो भारतलाई १०० रनको लक्ष्य
-
बेलायती प्रधानमन्त्री सुनकले बर्खास्त गरे पार्टी अध्यक्ष
-
नेपाल आइपुगिन् अमेरिकी उपविदेशमन्त्री नुल्यान्ड
-
रविको पद प्राप्ति र समाप्तिमा दोषी को ?
-
चर्चित युवा ज्योतिषी दिवाकर पन्तको दोस्रो पुस्तक ‘दिव्य वास्तु विज्ञान’ बजारमा
प्रतिक्रिया