NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १४ गते

नेकपा उपाध्यक्ष वामदेव गौतमको मुद्दा सर्वोच्चको संवैधानिक इजलासमा सुनुवाइ हुँदै

काठमाडौं । चुनाव हारेकालाई पनि राष्ट्रियसभामा मनोनित गरेको भन्दै नेकपा उपाध्यक्ष वामदेव गौतमविरुद्ध परेको रिटको सुनुवाई सर्वोच्च अदालतमा सुरु भएको छ । सर्वोच्चको संवैधानिक इजलासले उनी विरुद्धको मुद्दाको सुनुवाइ गर्दैछ । गत २९ भदौमा उपाध्यक्ष गौतम राष्ट्रियसभाका लागि मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिबाट मनोनित भएका थिए । प्रतिनिधिसभा निर्वाचनमा पराजय व्यहोरेकालाई राष्ट्रिय सभामा मनोनित गरी लाभको पद दिनु गैरसंवैधानिक भएको भन्दै अधिवक्ता बद्रीराज भट्ट र वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले सर्वोच्चमा रिट दायर गरेका थिए ।गौतमविरुद्ध फरक–फरक दुई वटा रिट दायर भएका थिए । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जवरासहित पाँच जना न्यायाधीशको इजलासले गौतमविरुद्धको रिटको अन्तिम किनारा लगाउने छ ।