NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १४ गते

बाइडेन भन्छन् : ट्रम्पले हार स्वीकार नगर्नु लाजमर्दाे

अमेरिकी राष्ट्रपति चुनावपछि मतगणनामा संशय व्यक्त गरेका राष्ट्रपति डोनाल्ड ट्रम्पले आफू नै राष्ट्रपतिमा निर्वाचित हुने जिकिर गर्न छोडेका छैनन । जब की अहिलेसम्मको मत परिणामले बाइडेन राष्ट्रपति भइसकेका छन् । ट्रम्पले पछिल्लो हप्ता भएको चुनावको परिणाम स्वीकार गरिसकेका छैनन् । हारतर्फ अघि बढ्दा र हारिसक्दा पनि ट्रम्पले मतगणनामा गडबडी भएको भन्दै ट्वीटमा भनेका छन् – ‘जीत हाम्रै हुन्छ ।’ वैध भोटमात्र गन्ने हो भने आफू नै निर्वाचित हुने जिकिर उनले गर्न छोडेका छैनन् । तर, ट्रम्पको यस्तो शैलीलाई बाइडेनले लाजमर्दो भन्ने प्रतिक्रिया दिएका छन् । मंगलबार पत्रकारको प्रश्नको उत्तर दिंदै उनले यस्तो बताएका हुन् । राष्ट्रपति ट्रम्पले अझै पनि हार स्वीकार नगर्नुमा तपाईंको धारणा के छ भन्ने पत्रकारको प्रश्नमा बाइडेनले भने – ‘साच्चै भन्नुपर्दा यो लाजमर्दाे कुरा भन्ने मलाई लाग्छ ।’ उनले भने, ‘तय भैसकेको कुरा हो । मैले भनिरहनु पर्दैन । मलाई लाग्दैन यस्तो गरेर राष्ट्रपति पदको पदवी मिल्दैन । सत्ता परिवर्तनलाई कसैले रोक्न सक्दैन ।’ राष्ट्रपतिले सपथ लिने जनवरी २० मा यस्तो क्रमको अन्त्य हुने बाइडन बताउँछन् । ‘अब जनवरी २० मा नै यो बन्द हुन्छ ।’ उनले भने, ‘म उनलाई भन्छु अमेरिका फर्किएको छ । म फर्किएको छु ।’ हार स्वीकार नगर्नेमा अर्का पनि राष्ट्रपति अमेरिकी इतिहासमा हारेर पनि हार नस्वीकार्ने अर्का एक राष्ट्रपति पनि थिए । सन् १८०० मा भएको चुनावमा तत्कालीन राष्ट्रपति जोन एडम्सले हार बेहोरे पछि उनले चलाउँदै आएको कार्यभार हस्तान्तरण गर्न मानेका थिएनन् । उनलाई पछाडि पारेर विजेता भएका थोमस जेफरसनको सपथग्रहण समारोहमा पनि उनी उपस्थिति थिएनन् । यस समारोहमा ह्वाइट हाउसका कर्मचारीहरुलाई पनि सहभागी हुन दिएनन् । चुनाव हारेपछि जोन एडम्स अटेर गरेर ह्वाइट हाउस नछोडी बसेर कार्यभार हस्तान्तरण गरेका थिएनन् । त्यसपछि प्रेसिडेन्सियल स्टाफहरुले आदेश लिन बन्द गर्नुका साथै उनको अफिस नै हटाएर सुरक्षा सुविधा पनि कटौती गरेका थिए । ह्वाइट हाउसको मिलिट्री, सिआइए, एफबिआई र ह्वाइटहाउस स्टाफले वास्ता गर्न छोडेपछि जोन स्वयंले हार स्वीकार गरेका थिए । आधिकारिक रुपमा उनले ४ मार्च १८०१ मा कार्यभार निर्वाचित राष्ट्रपतिलाई सुम्पिएका थिए ।