NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १४ गते

भीर खनेर भालुवन पुग्ने गोरेटो बाटो बनाइयो

गोरखा । उत्तरी गोरखाको चुमनुब्री गाउँपालिका–३ मा करीब तीन किलोमिटर भिरमा गोरेटो बाटो खनिएको छ । बाटो निर्माणले बर्षौदेखि छङ्गाछुर भीरमा भुण्डिएर हिँड्नुपर्ने भालुवनबासीको दैनिकी परिवर्तन भएको छ । आउजाउ सहज बनाउन विश्व खाद्य परियोजनाले पूर्णिमाको कार्यक्रमसँगको साझेदारीमा बाटो निर्माण शुरु गरेको हो । ३.२३ किलोमिटर दूरीमा ढुंगाको सिँढी बनाएर करीब चार फिट चौडाइको बाटो निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । करीब ४३६ मिटर भागमा भने रेलिङ बनाएर जाली लगाउने काम भइरहेको छ । मनास्लु संरक्षण क्षेत्रभित्रको उक्त बाटो तिहारलगत्तै निर्माण सम्पन्न हुनेछ ।