NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १५ गते

कमला ह्यारिसको राजनीतिक करियरलाई सहयोग गर्न उनका पतिले ‘ल फर्म’ छोड्ने

जो बाइडेनको राष्ट्रपति कार्यालय कस्ताे बन्ला भनेर यतिबेला चर्चाको विषय बनेको छ । राष्ट्रपति निर्वाचनपछि प्रथम महिला (जिल बाइडेन)ले आफ्नो अध्यापन पेशालाई निरन्तरता दिने निर्णय गरिन् । उपराष्ट्रपति ह्यारिसका श्रीमानले आफ्नो ‘ल फर्म’ छोड्ने योजना बनाएका छन् । अमेरिकी नवनिर्वाचित उपराष्ट्रपति कमला ह्यारिसका ५६ वर्षिया श्रीमान डोज एमहफले ह्वाइट हाउसमा आफ्नो भूमिकामा ध्यान दिन कानूनी अभ्यास छोड्ने निर्णय गरेका हुन् । गत अगस्टमा बाइडेनले ह्यारिसलाई क्यालिफोर्नियाबाट अमिरिकी सिनेटरको लागि मनोनित गरेपछि एमअफले ल फर्मबाट अनुपस्थितिका लागि बिदा लिएका थिए । यो अभ्यसालाई एक नयाँ कदमको रुपमा लिइएको छ । ‘हामी दशकौंदेखि यस्तै प्रकारको परिवर्तनको पर्खाइमा थियौं,’ क्यालिफोर्निया स्टेट युनिभर्सिटी (सेक्रमेन्टो)मा महिला केन्द्रित राजनीतिशास्त्रका प्राध्यापक किम नाल्डरले भनिन् ‘आफ्नो पत्नीको क्यारियरलाई टेवा दिन एउटा व्यक्तिले आफ्नो उच्च शक्ति भएको क्यारियरबाट पछि हट्नु धेरै प्रतीकात्मक छ ।’ श्रीमतीको करियरलाई साथ दिनका लागि एमहफले चालेको यो कदम यतिबेला चर्चाको विषय बनेको छ । एमहफ दक्षिण अमेरिकाका एक हाइ प्रोफाइल मनोरञ्जन अधिवक्ता हुन् । चुनावको समयमा उनले मतदातामाझ सहयोगी पतिको मानक स्थापित गरेका थिए । सोमबार ह्यारिसले आफ्नो ११ मिलियन अनुयायी भएको ट्वीटर अकाउन्टमा आफू र एमहफको मुस्कुराउँदै गरेको फोटो पोष्ट गर्दै लेखेकी थिइन्, ‘मेरो जीवनको प्रेमलाई भेट्नुहोस् ।’ सोही रातमा बाइडेनले चुनाव जित्ने पक्का भएको थियो । ह्यारिस र एमहफको भेट सन् २०१३ मा भएको थियो । त्यसको एक बर्ष पछि उनीहरूले विवाह गरे । यो ह्यारिसको पहिलो विवाह थियो र एमहफको दोस्रो । अहिले एमहफका २० बर्षका सन्तान छन् । ह्यारिसलाई ‘मोमाला’(जिविस भाषामा सानीआमा) भनेर सम्बोधन गर्छन् । आफ्नो करियरलाई थाती राख्दै एमहफले गरेका यो निर्णयलाई यतिबेला धेरैले प्रशंशा गरिरहेका छन् ।एजेन्सी