प्रचण्ड निवासमा बहुमत सदस्यको छलफल सुरु, शुक्रबारको बैठकबारे एजेन्डा तय हुने

नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपालसहितका बहुमत नेताको बैठक सुरु भएको छ । उनीहरुको प्रस्तावमा शुक्रबार सचिवालयको बैठक राख्न प्रधानमन्त्री केपी ओली तयार भएपछि एजेन्डा तय गर्न उनीहरुको बैठक बसेको हो । नेकपाभित्र लामो रस्सा–कस्सी पछि महासचिव विष्णु पौडेलले शुक्रबार अपरान्ह ४ : ३० बजेका लागि सचिवालयको बैठक बोलाएका हुन् । प्रचण्ड निकट स्रोतका अनुसार अहिले छलफलमा उनीसहित वरिष्ठ नेताहरु झलनाथ खनाल, माधवकुमार नेपाल, उपाध्यक्ष वामदेव गौतम, प्रवक्ता नारायणकाजी श्रेष्ठ रहेका छन् । उनीहरुको भेलाले भोलीको बैठकमा कसरी प्रस्तुत हुने र कस्ता एजेन्डामाथि छलफल गर्ने भन्नेबारे आन्तरिक प्रस्ताव तय गर्ने छ ।
ताजा अपडेट
-
उपाधिका लागि निर्णायक खेल जारी : पहिलो हाफ लिभरपुल बराबरीमा, सिटी एक गोलले पछि
-
इन्धनमा भारी मूल्यवृद्धि, पेट्रोल, डिजेल, मट्टितेल र खाना पकाउने ग्यास सबैमा बढ्यो
-
कनेक्ट आइपिएसमार्फत बीमाको प्रिमियम भुक्तानी, कति सुरक्षित ?
-
ट्र्याक्टरसँग स्कुटर ठोक्किँदा एकको मृत्यु
-
अब ३५ पालिकाको नतिजा आउन बाँकी
प्रतिक्रिया