NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १५ गते

विचित्रको मोह : शिलापत्र घोचोमा अड्याएर उद्घाटन

हुम्ला । शिलापत्रलाई काठको टेकोले अड्याएर स्वास्थ्य सेवा कार्यालय, हुम्लाको भवन उद्घाटन गरिएको छ । कर्णाली प्रदेशका प्रमुख गोविन्द कलौनीले स्वास्थ्यको भवन उद्घाटन गरेका हुन् ।  संघीय सरकारको बजेटमार्फत निर्माण भएको स्वास्थ्य कार्यालयको भवन दुई साताअघि उद्घाटन गर्ने तयारी भएको थियो । तर, नेकपाभित्रको विवादले प्रदेशका सामाजिक विकासमन्त्री दल रावलको पद जाने हल्ला चलेको थियो । जसले गर्दा भवन उद्घाटन कार्यक्रम रोकिएको थियो ।  नेकपाभित्रको विवाद साम्य भएपछि मन्त्री रावल एकाएक हुम्लाको भ्रमण आएका थिए । उनी आएपछि फेरि स्वास्थ्य कार्यालय भवन उद्घाटन गर्ने कार्यक्रम बनेको एक कर्मचारीले बताए । भवन कसले उद्घाटन गर्ने भन्ने मंगलबार दिउँसोसम्म तय भएको थिएन ।  भवन उद्घाटनका लागि मंगलबार साँझ प्रदेश प्रमुख कलौनी आउने तय भएपछि एकाएक शिलापत्र तयार गरिएको ती कर्मचारीले बताए । जसले गर्दा भवनको मुख्य प्रवेशद्वारमा काठको टेको लगाएर शिलापत्र राखिएको हो । प्रदेश प्रमुख कलौनीले बुधबार त्यही शिलापत्र ढाकिएको कपडा हटाएर भवनको उद्घाटन गरेकाे अाजकाे नयाँ पत्रिकामा उल्लेख छ ।