NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १४ गते

हलमा ८ करोड कमाएको ‘ए मेरो हजुर ३’ युट्युबमा ८ दिनमैं‌ ७५ लाख बढीले हेरे (हेर्नुहोस् फिल्म)

२.३ करोड रुपैयाँ लगानी गरेर हलमा ८.२३ करोड कमाइ गरेको नेपाली चलचित्र ‘ए मेरो हजुर ३’ युट्युवमा पनि अत्याधिक लोकप्रिय भएको छ । कोरोना भाइरस (कोभिड–१९) कारण फिल्म उद्योग चौपट भए पनि युट्युबमा पनि नेपाली फिल्मप्रति गज्जवको लगाव देखिएको छ । यस चलचित्र ८ दिनमा युट्युबमा ७५ लाख ६० हजार भन्दा धेरैपटक हेरिसकिएकाे छ । यो चलचित्र एक सातादेखि युट्युव ट्रेण्डिंगको पहिलो नम्बरमा छ । २ लाख ६४ हजारभन्दा बढीको लाइक पाएको यो चलचित्रबारे १७ हजार भन्दा बढीले कमेन्टस् गरेका छन् । दिनकै १० लाख भन्दा बढीले यो चलचित्र हेरिरहेका छन् । युट्युबको १ नम्बर ट्रेन्डिङ आएको यस चलचित्र झरना थापाको निर्माण गरेकी हुन् । चलचित्रमा कलाकार अनमोल केसी र सुहाना थापा प्रमुख भूमिकामा छन् । अन्य कलाकारमा सलोन बस्नेत, अर्पण थापा र रविन्द्र झा छन् । चलचित्र ‘ए मेरो हजुर’ श्रृखलाको यो तेस्रो प्रस्तुति हो । ‘ए मेरो हजुर’ मा स्वर्गीय अभिनेता श्रीकृष्ण श्रेष्ठ र झरना थापाले अभिनय गरेका थिए । झरना थापाको होम प्रोडक्सनमा निर्माण भएको यस चलचित्रमा उनकी छोरी सुहाना थापालाई पहिलोपल्ट पर्दामा ल्याइएको हो । बुढासुब्बा डिजिटलमार्फत् यो चलचित्र युट्युवमा हालिएको छ । https://www.youtube.com/watch?v=7OZC65XsLV0&list=PLuAFO8obfSg_TrOxd_O3WdwS_ou59BhDx&index=1