NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १५ गते

दाङमा भोलिदेखि अबैध क्रसरको अनुगमन

घोराही । दाङमा शनिवारदेखि क्रसर उद्योगको अनुगमन हुने भएको छ । जिल्लाका सरोकारवालासहितको सहभागितामा शुक्रवार घोराहीमा बसेको बैठकले यस्तो निर्णय गरेको हो ।जिल्लामा सञ्चालित ढुंगा, गिट्टी, बालुवा तथा खानीजन्य उद्योग तथा प्रशोधन क्रसर उद्योगको विवरण र मापदण्डका सम्बन्धमा अनुगमन हुने भएको हो । गृह मन्त्रालयले देशभरका ७७ वटै जिल्लाका पत्राचार गदै मापदण्ड विपरित क्रसर उद्योग सञ्चालन भए/नभएको बारेमा अनुगमन गरी एक साताभित्र पेश गर्न निर्देशन दिएपछि शनिवार राप्ती र गढवामा अनुगमन हुने जिल्ला प्रशासन कार्यालय दाङका प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्यले जानकारी दिए । बन, नापी र प्रहरिसहितको स्थलगत टोलीले अनुगमनका क्रममा अबैध भेटिए क्रसर र बालुवा प्रसोधन बन्द हुने प्रजिअ आचार्यको भनाइ छ । जिल्लाको तथ्याङक अनुसार हाल १२ वटा क्रसर उद्योग दर्ता भएकोमा २ वटा निष्क्रिय रहेका छन् भने १० वटा सञ्लन रहेको पाइएको छ । यस्तैगरी जिल्लामा २४ वटा बालुवा प्रशोधन उद्योग छन् । यसबारे विस्तृत विवरण अनुगमन पश्चात जानकारी हुने प्रजिअ आचार्यले बताए । दाङमा मापदण्ड विपरित क्रसर संचालनमा आएको भन्दै गएको साउनमा ८६ क्रसर उद्योगका विरुद्ध उच्च अदालत तुल्सीपुरमा घोराही १३ का प्रेम बुढाको रिट निवेदन परेको छ ।