NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १५ गते

कोरोनाबाट मृत्यु हुनेमा महिला भन्दा पुरुष बढी

बाँके । बाँकेमा कोरोना भाइरस सङ्क्रमणका कारण मृत्यु हुनेको संख्या ७४ पुगेको छ । ज्यान गुमाउनेहरुमा बाँके जिल्लामा बसोबास गर्ने ३६ र बाहिरी जिल्लाबाट उपचारका क्रममा आई अस्पतालमा ज्यान गुमाउने ३८ जना छन् । जिल्ला स्वास्थ्य कार्यालय बाँकेका नरेश श्रेष्ठका अनुसार मृत्यु हुनेमा बाँकेका १४ महिला र २२ पुरुष रहेका छन् । यस्तै जिल्ला बाहिरबाट उपचारका क्रममा आएका र यहीँ मृत्यु हुनेमध्ये १० महिला र २८ पुरुष छन् । बाँकेमा काेराेनाबाट मृत्यु हुनेहरूमध्ये पुरूषकाे संख्या धेरै देखिएकाे हाे । अहिलेसम्म कुल ७४ जनाकाे मृत्यु भएकाेमा मृतक महिलाकाे संख्या २४ पुगेकाे छ । पुरूषकाे संख्या ५० पुगेकाे छ । बाँकेमा लुम्बिनी प्रदेशका साथै कर्णाली र सुदूरपश्चिम प्रदेशका सङ्क्रमित बिरामीसमेत उपचारका लागि शिक्षण अस्पताल कोहलपुर र नेपालगञ्जस्थित भेरी अस्पतालमा आउने हुँदा मृतकको सङ्ख्या बढ्दो रहेको छ । बाँके जिल्लाका विभिन्न अस्पतालमा गरि एक सय ७ जना भर्ना भएका छन् । त्यसमध्ये ४७ जनाको अवस्था सिकिस्त रहेको अस्पतालले जनाएको छ। भेरी अस्पताल नेपालगञ्जमा ३५ र शिक्षण अस्पताल कोहलपुरमा १२ गरी ४७ कोरोना सङ्क्रमित बिरामीको अवस्था गम्भीर रहेको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका श्रेष्ठले जानकारी दिए । बाँकेमा दुई जनाको भेन्टिलेटरमा, २३ जनाको आइसीयूमा र २२ जनाको अक्सिजनमा राखेर उपचार भइरहेको छ । बाँकेमा हालसम्म तीन हजार ६०१ जना सङ्क्रमित भएकामा तीन हजार ३१८ जनाले कोरोना पराजित गरी घर फर्किएका छन् ।