NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १९ गते

नेकपा सचिवालय बैठक सुरु

काठमाडौं । नेकपा सचिवालयको बैठक बालुवाटारमा सुरु भएको छ । आज १ बजेका लागि तय भएको बैठक सुरु भएको हो । प्रधानमन्त्री ओली र अर्का अध्यक्ष प्रचण्ड पनि उपस्थित भइसकेका छन् । गत शुक्रबार बसेको सचिवालयबाट सहमति नजुटेपछि आजका लागि बैठकको मिति तय गरिएको थियो । यसबीचमा भएका सहमतिका प्रयास पनि फलदायी नभएकोमात्र होइन विवादलाई थप मलजल गरे । अध्यक्ष प्रचण्डसहितका बहुमत सदस्यकाे राजनीतिक प्रतिवेदनपछि विवाद एक अर्कालाई आरोपप्रत्यारोप गर्नेतिर केन्द्रित भयाे । याे विवाद आम तहमै ओर्लेको थियो । यसबीचमा विकसित राजनीतिक घटनाक्रममा राष्ट्रपति विद्यादेवी भण्डारीदेखि चिनियाँ राजदूत होउ यान्छीसम्मको संलग्नता रह्यो । पूर्वनिर्धारित सचिवालय बैठकसँग जुधाउनेगरी प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद् बैठक डाकेपछि राजनीतिक वृत्तमा नयाँ तरंग सृजना भएको थियो । तर, मन्त्रिपरिषद् बैठक एक घण्टा पर सारिएको छ । आजको बैठकमा सचिवालय बैठक सारेर नयाँ मिति तय गर्ने तयारीमा प्रधानमन्त्री केपी ओली छन् भने प्रचण्ड पक्षले बैठकमा आफ्नो सम्भावित कदमबारे मुख खोलेको छैन ।