स्पेनसँग जर्मनीको इतिहासमै दोस्रो ठूलो शर्मनाक पराजय

युरोपियन नेसन्स लिग ए अन्तर्गत समूह डीको खेलमा जर्मनी स्पेनसँग लज्जास्पद पराजय बेहोर्न बाध्य भएको छ । बुधबार भएको खेलमा स्पेनले जर्मनीलाई ६–० गोल अन्तरले पराजित गरेको हो । जितसँगै स्पेन लिगको सेमिफाइनलमा प्रवेश गरेको छ । ८९ वर्षपछि जर्मनीले स्पेनसँग यत्ति फराकिलो पराजय बेहोरेको हो । १९०९ मा जर्मनी इङल्याण्डसँग ९–० गोलले पराजित भएपछिको यो दोस्रो ठूलो हार हो । स्पेनलाई रवाफिलो जित दिलाउने क्रममा फेर्रान टोरेसले ह्याट्रिक गरे । उनले ३३, ५५ र ७१ औं मिनेटमा गोल गरे । अल्भारो मोराटोले १७ र रोड्रीले ३८ औं मिनेटमा गोल गरे । मिकेल ओरजावालले ८९ औं मिनेटमा गोल गर्दा जर्मनीमाथि स्पेनले शानदार जित दर्ता गर्यो । खेलमा दुवै टिमले अधिकांश युवा खेलाडिलाई अवसर दिएका थिए । ६ खेलबाट ११ अंक बटुल्दै स्पेन अर्को चरणमा प्रवेश गरेको छ । तर, ६ खेलबाट ९ अंक जोडेको जर्मनी बाहिरिएको छ । अघिल्लोपटकको विजेता पोर्चुगल पनि प्रतियोगिताबाट बाहिरिसकेको छ । पोर्चुगलले ६ खेलबाट १३ अंक बनाए पनि उभन्दा अघि रहँदै फ्रान्सले ६ खेलबाट १६ अंक बटुल्दै सेमिफाइनलमा स्थान पक्का गर्न सफल भएको हो ।
ताजा अपडेट
-
न्यूयोर्कका सार्वजनिक स्थलमा बन्दुक बोक्न निषेध
-
सुडानमा सरकार विरोधी आन्दोलन थप चर्किदै
-
पोखरा स्पोर्ट्स अवार्ड :अरुणा र प्रदीप वर्ष उत्कृष्ट खेलाडी
-
बैतडीबाट पाँच महिलाको उद्धार
-
नेकपा एसका अध्यक्षलाई भारतीय राजदूतले भेटे
नेपालवाच विशेष
-
भएका १९ विमानस्थल अलपत्र, तैपनि थप गर्ने चटारो
-
अब कति बजेट पाउँछन् प्रदेश र स्थानीय तहले ?
-
जहाज हराएको घटना : मृत्युको पुष्टि नभइ मुख्यमन्त्रीदेखि मेयरसम्मले दिए श्रद्धाञ्जलि !
-
पूर्वप्रशासकका नजरमा यी हुन् काठमाडौं महानगरका विकृति र बालेनका चुनौती
-
महिनावारीकाे विज्ञापन संसार : सय वर्षमा बदलिँदैछ मानसिकता
प्रतिक्रिया