काठमाडौं र धनगढीका ‘एभिएसन म्यूजियम’ खुल्ला

काठमाडौं । कोरोना महामारीका कारण विगत आठ महिनादेखि बन्द भएका एभिएसन म्यूजियम सञ्चालनमा आएका छन् । वेद उप्रेती ट्रष्टद्वारा सञ्चालित एभिएसन म्युजियम सिनामंगल र एयरक्राफ्ट म्यूजियम धगगढी बिहिबारबाट पुनः सञ्चालनमा आएका हुन् । कोभिड–१९ को स्वास्थ्य मापदण्ड अपनाउँदै म्युजियम खुल्ला गरेको उप्रेतीले जानकारी दिए । ‘कोरोना संक्रमणको जोखिमलाई ख्याल गर्दै हामीले बिहीबारबाट दुवैतिरका एभिएसन म्युजियम संचालनमा ल्याएका छौं’ उनले भने, ‘भिजिट गर्न आउने प्रत्येकले मास्क र स्यानिटाइजरको अनिवार्य प्रयोग गर्नुपर्नेछ । साथै, दुई मिटरको दूरी पनि कायम गर्न सुझाएका छौं ।’ दुर्घटनापछि त्रिभुवन विमानस्थलमा थन्किएको टर्किस एयरको एयरबस ए ३३० को ‘बडी’लाई खरिद गरेर उप्रेतीले सिनामंगलमा म्यूजियम सञ्चालनमा ल्याएका थिए । त्यस्तैगरी धनगढीमा कस्मिक एयरको पुरानो फोकर १०० विमानलाई म्यूजियममा परिणत गराएका थिए । सरकारले यही १ मंसिरबाट पर्यटन क्षेत्रका सबै गतिविधि खुल्ला गरेसँगै यी क्षेत्रसँग सम्बन्धित सेवा विस्तारै सञ्चालनमा आउँदै छन् ।
ताजा अपडेट
-
बहुभाषिक नाट्य उत्सव शुरु
-
सिरहामा गोली चल्यो, एकजना घाइते
-
बझाङमा जिप दुर्घटना : चालकसहित ६ जना घाइते
-
प्रधानमन्त्रीद्वारा एकीकृत समाजवादीका मन्त्री हेरफेर
-
गायक राईले दिए मेयर साम्पाङलाई बुद्धको मुर्ति
नेपालवाच विशेष
-
भएका १९ विमानस्थल अलपत्र, तैपनि थप गर्ने चटारो
-
अब कति बजेट पाउँछन् प्रदेश र स्थानीय तहले ?
-
जहाज हराएको घटना : मृत्युको पुष्टि नभइ मुख्यमन्त्रीदेखि मेयरसम्मले दिए श्रद्धाञ्जलि !
-
पूर्वप्रशासकका नजरमा यी हुन् काठमाडौं महानगरका विकृति र बालेनका चुनौती
-
महिनावारीकाे विज्ञापन संसार : सय वर्षमा बदलिँदैछ मानसिकता
प्रतिक्रिया