५ चिनियाँ जहाज व्यवस्थापन गर्न मन्त्रालयलाई निगमका ४ सुझाव

काठमाडाैं । गत साउन १५ देखि ग्राउन्डेड भएका ५ थान चिनियाँ जहाजको व्यवस्थापनबारे नेपाल वायुसेवा निगमले संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई जवाफ दिएको छ । प्राविधिक समस्या तथा अर्बौको घाटा व्यहोरेपछि निगमले अब ती जहाज नचलाउने घोषणा गरेको थियो । निगमले उक्त निर्णय गरेपछि मन्त्रालयले ती जहाजको व्यवस्थापनको लागि ठोस योजना बनाउन भनेको थियो । निगम व्यवस्थापनले उक्त सुझाव मन्त्रालयलाई पठाएको छ । निगमले पठाएका यी सुझावका आधारमा मन्त्रालयले निर्णय लिने निगम स्रोतले बतायो । वि सं २०६७ मा चीनले दुई जहाज अनुदानमा दिने र बाँकी पनि एक्जिम बैंकमार्फत १.५० प्रतिशत ब्याजमा ऋण दिने प्रस्ताव गरेपछि यी जहाज खरिद गर्न व्यवस्थापनले पहल गरेको थियो । सम्झौताको चार वर्षपछि २०७१ कात्तिक १४ सम्ममा ६ वटै चिनियाँ जहाज आइसकेका थिए । यी जहाज ल्याएसँगै निगमले सन् २०२४ सम्ममा आन्तरिक बजारबाट चार अर्बको हाराहारीमा व्यापार गर्ने उद्देश्य लिएको थियो । तर, वास्तविकता विपरीत निस्कियो । वर्षमा २३ करोड १५ लाखको हाराहारीमा आम्दानी हुँदा जहाजको सञ्चालन खर्च मात्रै ८० करोड ७७ लाख थियो । यस्तो हुँदा अत्याधिक घाटाको भार निगमलाई नै पर्यो । ६ वर्षको अवधीमा उक्त जहाजले ६ अर्ब ६४ करोड नोक्सान व्यहोरिसकेको छ । के छ निगमले दिएको सुझावमा ? ६ वटा चिनियाँ जहाजमध्ये एउटा वाइ १२ इ कलसाइन ९ एन–एकेयू विमान ०७३ चैत्र १५ गते नेपालगञ्जमा दुर्घटनामा परेको थियो । दुर्घटनापछि यो विमान चल्ने अवस्थामा छैन । यो बाहेक अन्य पाँचवटा जहाजको व्यवस्थापनको लागि निगमले सुझाव पेश गरेको हो । १. जहाज निर्माता कम्पनी एभिक अन्तर्राष्ट्रिय होल्डिङ कर्पोरेसनलाई वाइ १२ इ र एमए ६० को उपयुक्त बजार मूल्यका आधारमा विमान फिर्ता गर्ने, २. बिक्री गर्नका लागि टेन्डर प्रक्रियामा जाने, ३. लिज प्रक्रियाबाट अन्य कम्पनीहरूलाई दिने, ४. नयाँ जहाज खरिद गर्दा ‘डाउनपेमेन्ट’ को रूपमा प्रयोग गर्ने
ताजा अपडेट
-
बहुभाषिक नाट्य उत्सव शुरु
-
सिरहामा गोली चल्यो, एकजना घाइते
-
बझाङमा जिप दुर्घटना : चालकसहित ६ जना घाइते
-
प्रधानमन्त्रीद्वारा एकीकृत समाजवादीका मन्त्री हेरफेर
-
गायक राईले दिए मेयर साम्पाङलाई बुद्धको मुर्ति
नेपालवाच विशेष
-
भएका १९ विमानस्थल अलपत्र, तैपनि थप गर्ने चटारो
-
अब कति बजेट पाउँछन् प्रदेश र स्थानीय तहले ?
-
जहाज हराएको घटना : मृत्युको पुष्टि नभइ मुख्यमन्त्रीदेखि मेयरसम्मले दिए श्रद्धाञ्जलि !
-
पूर्वप्रशासकका नजरमा यी हुन् काठमाडौं महानगरका विकृति र बालेनका चुनौती
-
महिनावारीकाे विज्ञापन संसार : सय वर्षमा बदलिँदैछ मानसिकता
प्रतिक्रिया