NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १४ गते

वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका सुब्बालाई भ्रष्टाचार मुद्दा

काठमाडौं । काठमाडौं बबरमहलस्थित वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका तत्कालीन नायब सुब्बा शिवशंकर महतोविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बिहीबार विशेष अदालत काठमाडौंमा १० हजार घुस लिएको अभियोगमा भ्रष्टाचार मुद्दा दायर गरेको हो । उनले काम सहजीकरण गरिदिने भन्दै सेवाग्राहीसँग घुस मागेका थिए । महतोलाई अख्तियारको टंगालबाट खटिएको टोलीले घुससहित रंगेहात पक्राउ गरेको थियो । उनले अनुसन्धानबाट घुस लिएको पुष्टि भएको भन्दै भ्रष्टाचार निवारण ऐन, २०५९ अनुसार कारबाहीको माग गर्दै भ्रष्टाचार मुद्दा दायर गरेको हो ।