पत्रकार गौतमकाे निधन

काठमाडौं । मष्तिष्कको नशामा समस्या आएपछि पत्रकार गोकर्ण गौतमको निधन भएको छ । शल्यक्रिया गर्ने क्रममा रक्तश्राव भइ बाँसबारीस्थित उपेन्द्र देवकोटा मेमोरियल नेशनल इन्स्टिच्युट अफ न्युरोलोजिकल एन्ड एलाइड साइन्सेस (न्युरो अस्पताल)मा गौतमको बिहीबार निधन भएको हो । टाउको दुख्ने समस्या भएपछि जाँच गर्दा उनको मस्तिष्कको नशामा समस्या देखिएको थियो । त्यसपछि उनी सोमबार अस्पताल भर्ना भएका थिए । कान्तिपुर राष्ट्रिय दैनिकमा कार्यरत ३१ वर्षीय गौतम कला, समसामयिक तथा सामाजिक विषयवस्तुमा रिपोर्टिङ गर्थे । कान्तिपुर अघि उनी नेपाल साप्ताहिकमा काम गर्थे । फिल्म समीक्षा लागि पनि गौतम परिचित नाम हुन् । पशुपतिस्थित आर्यघाटमा उनको अन्तेष्टि हुँदैछ ।
ताजा अपडेट
-
पेस्तोलसहित युवक पक्राउ
-
लोक सेवा कानूनमा के–के भयो काटकुट ?
-
जो आधाभन्दा बढी संसद् बैठकमा अनुपस्थित छन्
-
नयाँ मन्त्रीको शपथ बिहान ११ बजे
-
के छ माधव नेपालको प्रतिवेदनमा ?
नेपालवाच विशेष
-
भएका १९ विमानस्थल अलपत्र, तैपनि थप गर्ने चटारो
-
अब कति बजेट पाउँछन् प्रदेश र स्थानीय तहले ?
-
जहाज हराएको घटना : मृत्युको पुष्टि नभइ मुख्यमन्त्रीदेखि मेयरसम्मले दिए श्रद्धाञ्जलि !
-
पूर्वप्रशासकका नजरमा यी हुन् काठमाडौं महानगरका विकृति र बालेनका चुनौती
-
महिनावारीकाे विज्ञापन संसार : सय वर्षमा बदलिँदैछ मानसिकता
प्रतिक्रिया