NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०७९ जेठ ७ गते

मास्क नलगाउनेलाई २ हजार जरिवाना

काठमाडौं । मास्क नलगाई हिड्नले भारतको नयाँ दिल्लीमा अब दुई हजार रुपैयाँ जरिवाना तिनुपर्ने भएको छ । भारतमा सबैभन्दा बढी कोरोना संक्रमित भएको राज्य नयाँ दिल्लीमा स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गराउन कडा नियम लागु गरिएको छ । पछिल्लो १५ दिनमैं एक लाख नयाँ संक्रमित थपिएको दिल्लीमा मास्क नलगाए २ हजार जरिवाना हुने र वैवाहिक समारोहमा ५० जनामात्रै सहभागी हुन पाउने गरी नियम लगाइएको हो । भारतको राजधानी सहर समेत रहेको दिल्लीमा कोभिड—१९ को तेस्रो लहर चलेको छ । संक्रमण नियन्त्रणबाहिर गएपछि बिहीबार दिल्ली सरकारले मास्क नलगाउनेलाई २ हजार जरिवाना लगाउने निर्णय गरेको हो । दिल्लीका मुख्यमन्त्री अरविन्द्र केजरीवालले दिल्लीका उपराज्यपाल अनिल बैजलसँग भेट गरि मास्क नलगाउने व्यक्तिलाई २ हजार जरिवाना लगाउने निर्णय सरकारले गरेको बताए । दिल्ली सरकारले कोरोना महामारी बढेपछि बढी भीडभाड हुने बजारहरुमा लकडाउन गर्ने प्रस्ताव पहिल्यै नै गरिसकेको छ छ । सार्वजनिक क्षेत्रमा छठ पर्व मनाउन पनि रोक लगाइएको छ । यसैगरी वैवाहिक समारोहमा यसअघि २ सयजनाको भेलालाई अनुमति दिइएकोमा अब भने ५० दुई हप्ताको अवधिमा दिल्लीमा १ हजार २०२ जनाको मृत्यु भएको छ । दिल्लीमा अहिलेसम्म संक्रमित हुनेको संख्या ५ लाख ३ हजार ८४ पुगेको छ । अहिलेसम्म ज्यान गुमाउनेको संख्या ७ हजार ९४३ पुगेको छ ।