भारतीय विदेश सचिव नेपाल आउँदै

काठमाडौं । भारतीय विदेश सचिव नेपाल आउने भएका छन् । परराष्ट्र मन्त्रालयको निमन्त्रणामा यही ११ मंसिरमा विदेश सचिव हर्षवद्र्धन श्रृङ्ला नेपाल आउन लागेका हुन् । दुई देशबीच उच्चस्तरीय भ्रमण आदानप्रदानकै निरन्तरताका सिलसिलामा भारतीय विदेश सचिवको भ्रमण हुन लागेको बताउँदै परराष्ट्र मन्त्रालयले भ्रमणको पहिलो दिन नेपाल– भारत परराष्ट्र सचिवस्तरीय वार्ता हुने र त्यसमा द्विपक्षीय सम्बन्ध एवं सहयोगका विविध विषयमा विचार–विमर्श हुने जनाएको छ । बिहीबार नै भारतका विदेश सचिवले नेपालका उच्चपदस्थ व्यक्तित्वसँग शिष्टाचार भेट गर्ने तथा कोभिड–१९ सम्बन्धी भारतीय सहायता हस्तान्तरण गर्ने कार्यक्रम रहेको मन्त्रालयले आज अपराह्न जारी गरेको प्रेस विज्ञप्तिमा जनाइएको छ । विदेश सचिव श्रृङ्ला मङ्सिर १२ गते नयाँदिल्लीबाट प्रस्तान गर्नेछन् ।
ताजा अपडेट
-
सरकारको नीति तथा कार्यक्रमबारे आयो मिश्रित प्रतिक्रिया, कसले के भने ?
-
किरणलाई हटाएर नवयुगलाई कप्तान बनाइयो
-
बालेनबारे लाउरेको प्रतिक्रिया : मेरा मितज्यूले बबालै गरे
-
ललितपुर महानगरको मेयरमा फेरि चिरीबाबु, मतगणना नसकिँदै दिए व्यञ्जनकारले बधाई
-
यस्तो छ सरकारको नीति तथा कार्यक्रम (पूर्णपाठ)
प्रतिक्रिया