NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १४ गते

आजका ‘गुड न्युज’हरू : सबै देशका लागि उडान अनुमति खुला…

आज दिनभर सञ्चारमाध्यमबाट अनेकौं अनेकौं खबरहरू प्रकाशित/प्रशारित भए । ती समाचारहरूमा दुर्घटना, अपराध, राजनीतिक खिचातानीका विषयवस्तुकाे बाहुल्य थियाे । तर, यिनै नकारात्मक समाचारको बाढीका बीच केही सकारात्मक सन्देश बोकेका समाचार पनि सञ्चारमाध्यममा आएका थिए । नेपालवाचले नियमित रुपमा दिनभर सञ्चारमाध्यमहरूमा प्रकाशित/प्रशारित सकारात्मक समाचारहरूको सुची तयार गर्दै आएको छ । नकारात्मक समाचार पढेर निरास पाठकहरूलाई फाट्टफुट्टै भए पनि सकारात्मक समाचार दिएर सकारात्मक मनोभावना वृद्धि गर्ने हाम्रो उद्देश्य हो । आजका केही सकारात्मक समाचारहरू : सबै देशका लागि उडान अनुमति खुला कोभिड—१९ संकट व्यवस्थापन केन्द्र (सिसिएमसी) ले संक्रमणको जोखिम हेरेर सबै देशहरूमा उडान अनुमति दिने निर्णय गरेको छ । आज बसेको सिसिएमसी निर्देशक समितिको बैठकले उडानका लागि स्वीकृति पाइसकेकाबाहेक अन्य देशमा पनि आवश्यकता अनुसार उडान अनुमति दिने निर्णय गरेको हो । संक्रमण उच्च रहेका र कम हुँदै गएका स्थानमा सेवा सञ्चालनका विकल्पका विषयमा पनि एमसिसीमा छलफल भएको छ । कक्षा १२ वर्षको परिक्षा सुरु गत बैशाख ८ गते हुने भनेपनि कोरोना महामारीका कारण स्थगन भएको कक्षा १२ को परिक्षा आजबाट सुरु भएको छ । ४ लाख ३२ हजार ५ सय विद्यार्थीको सहभागितामा राष्ट्रिय परीक्षा बोर्डले मंगलबारबाट देशभर परीक्षा सञ्चालन गरेको हो । यो पटक परीक्षार्थीका लागि ४० अंकको लिखित परीक्षा हुनेछ । ४० अंक पढाईलाई आधार मानेर दिइनेछ भने ४० अंक कक्षा ११ को पढाइलाई आधार मानेर दिइने बताइएको छ । २० अंक भने स्कुल आफैंले मुल्यांकन गरेर दिन्छ । बोर्र्डले कोरोना संक्रमित परीक्षार्थीलाई भने छुट्टै व्यवस्था गर्ने जनाएको छ । दशककै एशोसिएट प्लेयर अवार्डको मनोनयनमा पारस खड्का नेपाली क्रिकेटका पूर्व कप्तान पारस खड्का ‘आईसीसी एशोसिएट प्लेयर आफ दि डिकेट’ अवार्डको मनोनयनमा परेका छन् । अन्तरारष्ट्रिय क्रिकेट काउन्सील(आइसीसी) ले मंगलबार मनोनयनको सूची सार्वजनिक गरेको थियो । उक्त सूचीमा खड्कासहित अन्य ६ खेलाडि पनि मनोनयनमा परेका छन । चार वर्षपछि सेयर बजार १८ सयको लाइनमा सेयर बजार दिनदिनै उकालो लागिरहेको छ । त्यही क्रममा नेप्से सूचक चार वर्ष पछि १८ सयको लाइनमा परेको छ । मंगलबार २९.६८ अंकले सुधार भएपछि नेप्से सूचक १८१०.११ अंकमा पुगेको होे ।