NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १९ गते

आजका ‘गुड न्युज’, चिनियाँ रेलका लागि प्रकृया अघि बढ्यो

काठमाडाैं । आज दिनभर सञ्चारमाध्यमबाट संप्रेसित समाचारहरूमा नकारात्मक सन्देशको बाहुल्य छ । दुर्घटना, अक्सर विकृत राजनीतिक परिघटना–परिघटनाहरू, भ्रष्टाचार, अनियमितता लगायतका समाचारले समाचारमाध्यमका अधिकांश स्थान ओगटेका छन् । नकारात्मक खबरको बाढीका बीच पनि केही सकारात्मक समाचारहरू संप्रेसित भएका छन् ।नेपालवाचले आज दिनभर प्रकाशित यस्तै सकारात्मक खबरहरूको संक्षिप्त सूची तयार गरेको छ । आजका केही सकारात्मक समाचार : चिनियाँ रेलका लागि प्रकृया अघि बढ्यो सरकारले चिनियाँ रेल नेपाल ल्याउन प्रकृया अघि बढाएको छ । त्यसका लागि अर्थ मन्त्रालयले सम्भाव्यता अध्ययनको प्रक्रिया अघि बढाउन स्वीकृत दिएको छ । नेपाल सरकारले सम्भाव्यता अध्ययनमा अनुदान उपलब्ध गराउन चीनसँग आग्रह गरेको छ । दुई देशका अधिकारीहरूबीच विहीबार छलफल आयोजना भएको थियो । छलफलमा नेपालको तर्फबाट भौतिक पूर्वाधार मन्त्रालय, परराष्ट्र मन्त्रालयका अधिकारीहरू र चीनका तर्फबाट राष्ट्रिय रेलवे प्रशासनका उपप्रमुख आङ लु सिङ सहभागी थिए । चिनियाँ पक्षले सम्भाव्यता अध्ययनका लागि टोली चाँडै पठाउने बताएको छ । त्यसका लागि सहजीकरण गरिदिन नेपाल सरकारसँग आग्रह गरेको छ । नेप्से परिसूचक हालसम्मकै उच्च नेप्से परिसूचक दिनदिनै बढ्ने क्रम आजसम्म पनि जारी छ । बिहीबार सेयर बजार परिसूचक अहिलेसम्मकै उच्च बिन्दु(०.९८ प्रतिशतले बढेर १,८९३.२४)मा पुगेको छ । यसअघि नेप्से परिसूचक २०७३ साउनमा त्यतिबेलासम्मकै उच्च बिन्दु १८८१.४८ मा पुगेको थियो । जासपाको सबै सांसदले दसैं भत्ता फिर्ता गर्ने जनता समाजवादी पार्टी(जासपा)ले आफ्ना पार्टीका संघीय सांसदहरूको दसैं भत्ता फिर्ता गर्ने भएका छन् । जासपा केन्द्रिय कार्यकारिणी समितिको ३ र ४ कात्तिकको निर्णयअनुसार दसैं भत्ता फिर्ता गर्न भनिएको हो ।