म्याराडोनाको मृत्युमा डाक्टरको हात ! यस्तो भन्छन् उनका पर्सनल डाक्टर

विश्वविख्यात फुटबल खेलाडी डिएगो म्याराडोनालाई उपचार गर्ने डाक्टर लियोपोल्डो लुकेले उनको मृत्युमा आफ्नो हात नभएको दाबी गरेका छन् । डा. लुुके सन् २०१६ देखि म्याराडोनाका ‘पर्सनल’ डाक्टर थिए । गत बुधबार म्याराडोनालाई हृदयघात भएपछि उनैले आपत्कालीन सेवाको लागि सम्पर्क गरेका थिए । म्याराडोनाको उपचारमा लापरवाही भएको भन्दै आइतबार प्रहरीले डा. लुकेको घर र क्लिनिकमा छापा मारेको थियो । ‘मेरो मित्रको देहावसानले मलाई साह्रै नराम्रो लागेको छ । यो सबको लागि म जिम्मेवार छैन,’ गहभरि आँशु पोख्दै उनले पत्रकारहरूसँग भने, ‘मैले डिएगोको उपचारमा के र कसरी गरें भन्नेबारे विस्तृत रुपमा बताउन सक्छु । उनलाई बचाउन मैले जति सक्दो प्रयास गरेको हुँ ।’ आफ्नो घरमा छापा मार्ने र क्लिनिकबाट म्याराडोनाको सबै ‘मेडिकल हिस्ट्रि’ लिएर जाने निर्णयले आफू अचम्मित भएको उनले बताएका छन् । आफ्नो र म्याराडोनाको सम्बन्ध बाबुछोराको जस्तै भएको उनको जिकिर छ । म्याराडोनालाई उनको लागि म्याराडोना एक ‘विद्रोही पिता’ जस्तै भएको बताएका छन् । म्याराडोनाले ब्युनस आयर्सस्थित आफ्नै घरमा हृदयघातका कारण बुधबार मृत्युवरण गरे । म्याराडोनाका वकिल माटियास मोर्लाले राजधानीमा रहेको घरमा पनि एमर्जेन्सी सेवा धेरै ढिलो पुगेको दाबी गरेका छन् । बिहीबारको उनको ट्वीट यस्तो छ, ‘एम्बुलेन्स आउन आधा घण्टा भन्दा बढी लाग्यो, जुन आपराधिक मूर्खता हो ।’ मृत्यु हुने समयमा म्याराडोना ब्युनस आयर्सस्थित ‘रेन्टेड’ घरमा आराम गरिरहेका थिए । दिमागमा रगत जमेपछि उनको ३ नोभेम्बरमा सफल शल्यक्रिया भएको थियो । म्याराडोनाका छोरीहरूले पनि उनको मृत्युको बेलामा कस्तो उपचार पाएका थिए भन्नेबारे चासो व्यक्त गरेका छन् ।
ताजा अपडेट
-
जहाज अवतरण हुन लाग्दा रनवेमा मान्छे हिँडेपछि…
-
रविको दलमा धादिङबाट मात्रै चार केन्द्रीय सदस्य, तीन डाक्टर
-
यस्ता छन् रवि लामिछानेको स्वतन्त्र पार्टीका केन्द्रीय सदस्य
-
ताइवानको वायुरक्षा क्षेत्रमा चीनले पठायो २९ लडाकु विमान
-
रूसी सुन आयातमा प्रतिबन्ध लगाउने जी–७ राष्ट्रको घोषणा
नेपालवाच विशेष
-
भएका १९ विमानस्थल अलपत्र, तैपनि थप गर्ने चटारो
-
अब कति बजेट पाउँछन् प्रदेश र स्थानीय तहले ?
-
जहाज हराएको घटना : मृत्युको पुष्टि नभइ मुख्यमन्त्रीदेखि मेयरसम्मले दिए श्रद्धाञ्जलि !
-
पूर्वप्रशासकका नजरमा यी हुन् काठमाडौं महानगरका विकृति र बालेनका चुनौती
-
महिनावारीकाे विज्ञापन संसार : सय वर्षमा बदलिँदैछ मानसिकता
प्रतिक्रिया