श्वासप्रश्वासमा समस्या आएपछि सन्दीप लामिछाने अस्पताल भर्ना

काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) पोजेटिभपछि होम आइसोलेसनमा बसेका क्रिकेटर सन्दीप लामिछाने अस्पताल भर्ना भएका छन् । श्वासप्रश्वासमा समस्या आएपछि लामिछाने काठमाडाैंकाे ह्याम्स अस्पतालमा भर्ना भएका हुन् । नेपाली क्रिकेट टोलीको बन्द प्रशिक्षण सुरु हुनु अघि उनको कोरोना टेस्ट गरिएको थियो । आफूलाई कोरोना पोजेटिभ भएको सन्दीपले सामाजिक संजालमार्फत सार्वजनिक गरेका थिए । केही समय बन्द प्रशिक्षणमा व्यस्त रहेपछि उनको बिगब्यास खेल्न अष्ट्रेलिया जाने तयारी थियो ।तर, कोरोनाका कारण उनी अस्पताल भर्ना हुनु परेको छ । अस्पताल भर्ना भए पनि उनको अवस्था भने सामान्य नै छ ।
ताजा अपडेट
-
सरकारको नीति तथा कार्यक्रमबारे आयो मिश्रित प्रतिक्रिया, कसले के भने ?
-
किरणलाई हटाएर नवयुगलाई कप्तान बनाइयो
-
बालेनबारे लाउरेको प्रतिक्रिया : मेरा मितज्यूले बबालै गरे
-
ललितपुर महानगरको मेयरमा फेरि चिरीबाबु, मतगणना नसकिँदै दिए व्यञ्जनकारले बधाई
-
यस्तो छ सरकारको नीति तथा कार्यक्रम (पूर्णपाठ)
प्रतिक्रिया