NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १५ गते

अमेरिकामा कोभिड–१९ विरुद्धको दोस्रो खोप तयार, २१ डिसेम्बरबाट बजारमा ल्याउने तयारी

एजेन्सी । अमेरिकाको फर्मास्यूटिकल कम्पनी मोर्डनाले कोरोना विरूद्धको खोप प्रयोगमा ल्याउन आवेदन दिने तयारी गरेको छ । मोर्डना कम्पनीले अमेरिकाको खाद्य तथा औषधी प्रशासन समक्ष कोरोना विरूद्धको खोप आपतकालीन अवस्थामा प्रयोगका लागि हिजो सोमबार आवेदन दिएको हो । यससँगै युरोप तथा बेलायतमा समेत मोर्डनाले खोप प्रयोगका लागि आवेदनको तयारी गरेकोे छ । आवेदन स्वीकृत भएमा २१ डिसेम्बरबाट अमेरिकामा खोप उपलब्ध हुनेछ । मोर्डना खोपले १६ नोभेम्बरमा रिर्पोट सार्वजनिक गर्दै यो खोप ९५ प्रतिशतसम्म प्रभावकारी रहेको दावी गरेको थियो । रिर्पोटको दावी अनुसार गम्भीर प्रकृतिका कोरोना संक्रमितहरुमा यो खोप शतप्रतिशत प्रभावकारी हुनेछ । मोर्डनाका चिफ एक्जिक्युटिभ स्टेफन बानसेलले एक अन्तर्वातामा भनेका छन्,‘ डिसेम्बरको अन्त्यसम्ममा दुई करोड तथा सन् २०२१ सम्ममा पचास करोड देखि एक अर्ब खोप उत्पादन गर्ने गरी कम्पनी तयारीमा छ ।’ यो खोप एउटा संक्रमितलाई दुई डोज आवश्यक पर्छ । अमेरिकामा कोरोना भाइरस बिरुद्धको खोप प्रयोगमा ल्याउन आवेदन दिने मार्डना कम्पनीको खोप दोश्रो हो । यसअघि अमेरिकाको फाइजर कम्पनीले २० नोभेम्बरमै अमेरिकाको खाद्य तथा औषधी प्रशासन समक्ष आवेदन दिइसकेको छ । दुवै खोपको पहिलो डोज स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, लगायतका अग्रपक्तिमा काम गर्ने कर्मचारीलाई दिइनेछ । कोरोना विरूद्धको खोप अभावमा अमेरिकाको नर्सिङ्ग होममा मात्र एक लाख भन्दा बढी मानिसको मृत्यु भइसकेको छ । साभारः न्युयोर्क टाइम्स